सिन्धुली । जिल्लामा २५ हजारलाई राहत वितरण गरिएको छ । जिल्लाका ८ वटा स्थानीय तहले २५ हजार ३ सय ४३ परिवारलाई राहत वितरण गरेका हुन । लकडाउनका कारण खाद्य संकटमा परेका अति विपन्न तथा असंगठित क्षेत्रका श्रमिकहरुलाई राहत वितरण गरिएको स्थानीय तहहरुले जनाएका छन ।
जसमा कमलामाई नगरपालिकाले ७ हजार २८८, दुधौली नगरपालिकाले ७ हजार ९९, मरिण गाउँपालिकाले ६ हजार १०१, हरिहरपुरगढी गाउँपालिकाले २ सय, फिक्कल गाउँपालिकाले १ हजार ४४८, घ्याङलेख गाउँपालिकाले ७०६ र गोलञ्जोर गाउँपालिकाले २ हजार ५०१ जनालाई राहत वितरण गरेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन ।
जिल्लाको तिनपाटन गाउँपालिकाले भने राहत वितरण गरेकोे छैन । तिनपाटन गाउँपालिकाले पनि राहत वितरणका लागि खाद्यान्न खरिद भईसकेको तथा राहत पाउने व्यक्तिको समेत पहिचान गरिसकेको जनाएको छ । अबको एकदुई दिन भित्र राहत वितरण गरिने गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले बताईन ।




















