सिन्धुली । स्थानीय वन उपभोक्ता महासंघ हरिहरपुरगढीले हरिहरपुरगढी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा एकलाख सहयोग गरेको छ । आइतबार महासंघ हरिहरपुरगढीका अध्यक्ष भिम बहादुर लामाले कोषको खातामा रकम जम्मा गरेका हुन ।
लामाले खातामा नगद जम्मा गरेको भौचर गाउँपालिका अध्यक्ष कार्साङ लामालाई हस्तान्तरण गरेका छन । कोषमा जम्मा भएको रकम कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा व्यवस्थापनमा लागि खर्च गरिने गाउँपालिकाले जनाएको छ ।
लकडाउनका कारण प्रभावित अति विपन्न परिवारलाई राहत दिन उक्त रकम खर्च गरिने भएको गाउँपालिका अध्यक्ष लामाले बताए ।
यस्तै कमलामाई नगरपालिकाको विपद व्यवस्थापन कोषमा नेरुडे लघुवित्त वित्तिय संस्था सिन्धुली उप शाखाले १० हजार सहयोग गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीलाई उपशाखा प्रमुख आशिष मोक्तानले १० हजारको चेक हस्तान्तरण गरेका कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।




















