• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

संक्रमणमा नबुझिएको सञ्चारको महत्व

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २, २०७७
in Featured, Opinion
0

Share via:

166 Shares
  • Facebook 166
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसको उच्च जोखिममा परेको छ नेपाल । तथापी विश्वभर ३ लाख मानिसले ज्यान गुमाउँदा नेपालमा रहेका नेपालीले भने हालसम्म मृत्यु वरण गर्नु परेको छैन । नेपालको उच्च सतर्कताका कारण पनि नेपालले त्यति ठूलो क्षति व्यहोरेको छैन । यति हुदा हुदै पनि कोहि पनि सुरक्षित महसुस गर्ने अवस्थामा भने छैनन । संक्रमणले समुदायमा प्रवेश गरेको अवस्थामा कहाँ कति बेला को संक्रमित हुन्छ भन्ने टुंगो छैन ।

बिमला पाण्डे

विशेष गरि स्वास्थ्य सुरक्षाका हिसाबले नेपालीले भर्खर आफ्ना बानी व्यवहार परिवर्तन गरिरहेका छन । स्वस्थ खानपान, स्वस्थ र सरल जीवन शैली, सरसफाई र मान्छेको सम्पर्क बाहिर रहनु नै यसबाट बच्ने उपाय हो । तथापी नेपालका अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुले त्यो अवसर पाउने छैनन र विश्वभर नै पाउँदैनन । अतः ती सेवा प्रदायकहरुको जीवन भने जोखिममा छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाई कर्मचारी, सञ्चार विद्युत खानेपानी लगाएतका अत्यावश्यक सेवामा काम गर्नेको लागि त्यो अवसर खुला छैन । यो अवस्थामा सावधानीका उपाय अधिकतम प्रयोग गर्दै काममा जानुको विकल्प पनि छैन र त्यस्ता व्यक्तिलाई संक्रमणको उच्च जोखिम छ ।
फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चार क्षेत्र यतिबेला संक्रमणमा परिसकेका छन । रोग लागोस भन्ने कसैको चाहना हुदैन र आफ्नो परिवार र समुदायलाई जोखिममा पार्न मन कसैलाई हुदैन तथापी कामका शिलशिलामा घर बाहिर निस्कनुपर्ने बाध्यताका बाबजुद आफै संक्रमित हुने अवस्था आएको सत्य छ । विरगञ्ज र जनकपुरका संक्रमित पत्रकारको अनुभव सुन्ने हो भने उहाँहरु सावधानी अपनाउँदा अपनाउँदै संक्रमित हुनु भएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि अवस्था त्यहि देखिएको छ ।
घर र कार्यालयमा रहदा रहदै पनि संक्रमण हुनुले हामी घरभित्र पनि सुरक्षित छैनौं भन्ने संकेत पनि देखिएको छ । जनसम्पर्कका हिसाबले सञ्चारकर्मीहरु अत्यधिक सम्पर्कमा रहनुपर्ने बाध्यता हुन्छ । त्यसमा पनि नेतृत्वमा रहने पत्रकारले अरुको लागि पनि काम गर्नुपर्ने हुदा आफै जोखिममा परिरहेका छन ।
विश्वभर नै सञ्चारलाई संकटमा बन्द गर्न पाईने हुदैन । अत्यावश्यक सेवा र सूचना प्रवाहका हिसाबले सञ्चार महत्वपूर्ण मानिन्छ । अतः पत्रकारले जोखिम मोलेर पनि विपत्तीमा काम गरिरहेका हुन्छन । नेपालमा पछिल्लो समय सञ्चारका समस्या न त नागरिकले न त राज्यले नै सुन्न चाहन्छन ।
पत्रकारलाई रोग लाग्दा गाली गर्ने, पत्रकार मर्दा खुशी मनाउने जमातले गर्दा सञ्चारमा पछिल्लो समय निराशा पलाएको छ । यदि पत्रकारले सूचना दिन छाड्ने हो भने देशै डुब्दा पनि नेतृत्वले थाहा नपाउने वा नागरिकले सूचना नपाउने अवस्था आउँछ । त्यस तर्फ कसैले सोंचेको छैन ।
कोरोना संक्रमणका बेलामा पनि नेपाली पत्रकारहरुलाई सामाजिक सञ्जालमा निकै लाञ्छना लगाईएको छ । नकारात्मक धारणाहरु पस्किएको पाईएको छ । पहेंलो जकेट पत्रकारले पहिचानका लागि लगाएका हुन । उनीहरुले कोरोना संक्रमणबाट बच्न लगाएका भन्ने बुझाईले पनि ठूलो घर गरेको छ । पत्रकारलाई नालायकको संज्ञा दिदै गाली गरिरहेका छन । मास्क सेनिटाईजर लगाएतका सुरक्षा सतर्कताका कुरा गर्नै हुदैन उनीहरुले देशै डुबाए भन्ने खालका गालीहरु सामाजिक सञ्जाल मार्फत ओकेलिरहेका छन ।
पत्रकारसँग फिल्डमै पुगेर सत्य तथ्य संकलन गर्ने नैतिक धर्म छ । तथापी नेपाली पत्रकारले सञ्चारको माध्यमको भरपुर प्रयोग गरेर फिल्डमा जान कम गरेको यथार्थता एकातिर छ भने नगई नहुने परिस्थितिमा जानै पर्ने अवस्था आउँदा जानुपर्ने बाध्यता छ । सूचना दिने र सत्यता पस्कने काम फरक हो । यदि मिडियाले समाचार ल्याउँदैनन भने फेसबुक सञ्चालकहरुले ब्रेक कति दिन गर्लान ? त्यो विषयमा सामाजिक सञ्जालमा किन सोचिएको छैन । आखिर उहाँहरुले पनि त सञ्चारको विश्वसनीयतामाथि प्रश्न उठाए पनि त्यहि सञ्चारमाध्यमको सूचना न पस्कनु भएको हो ।
यति भनिरहदा सामाजिक सञ्जाल कामै नलाग्ने भनेको पनि हैन । सामाजिक सञ्जाल गाली गलौज गर्नका लागि प्रयोग नगर्ने र सहि सूचना सम्प्रेषण गर्ने हो भने धेरै नागरिकको पहँुचमा पनि छ । सूचनाको आदान प्रदानका लागि संकटमा पेज बनाएर सूचना सम्प्रेषण पनि भएका छन । सकारात्मक सोंचको विकास गर्न नसक्दा र सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहन गर्न नसक्दा पनि सञ्चारकर्मी र पत्रकारितामाथि निकै आलोचनाहरु बढेका पाईएका छन । आधिकारीक फेसबुक तथा वेभसाईडको प्रयोगलाई सूचना मानेर सत्यता जाँच गरि समाचार बनाउन सक्दा पत्रकारका लागि अति उपयोगी पनि बन्न सक्छ कोरोनाको संक्रमणमा । स्थानीय, जिल्ला तथा राष्ट्रिय विपद व्यवस्थापन समिति र संकट व्यवस्थापन केन्द्रहरुले पनि सूचनालाई सहि रुपमा एकद्धार प्रणालीबाट सम्प्रेषण गर्नु आवश्यक छ । सूचना डेस्कहरु सञ्चालन गर्न आवश्यक छ ।
सञ्चारको सुरक्षाका लागि पनि राज्यले यो बारेमा सोंच्न आवश्यक देखिएको छ । उनीहरुको स्वास्थ्य सुरक्षा र सञ्चारमाध्यम टिकाउने सन्दर्भमा राज्यले सोंच्न आवश्यक छ । नेपालमा तलब समेत खुवाउन सधै हम्मे पर्ने स्वरोजगारमूलक सञ्चार माध्यमको पहुँच यति बेला महत्वपूर्ण मानिएको छ । राष्ट्रिय मिडियाको पहँुच जिल्ला जिल्लासम्म पनि पुग्न नसकेको अवस्थामा स्थानीय सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण छ । ति मिडियाको खबरदारी पनि उत्तिकै आवश्यक छ । नागरिक समाजको आवाज उठाउँदा केहि पत्रकारहरुले धम्कि खाने काम पनि भएको छ । यस्ता हर्कतले भोली सञ्चारमाध्यम बन्द गरेर बस्नुपर्ने अवस्था समेत आउन सक्छ । सेवामूलक व्यवसाय गरिरहेका मिडिया प्रतिको गलत धारणाका बावजुद उनीहरुको संरक्षणको दायित्व पनि राज्यको हो ।
दोष राज्यको हो वा हैन तर नेपाली मानसिकताको दोष भने पक्कै हो । आफैले दर्ता गरेर सूचिकृत गरि वर्गिकरण गरेका मिडियाको अनुगमन गर्नु र उनीहरुको अवस्थाको बारेमा जानकारी लिनु राज्यको दायित्व हो । जसको जिम्मेवारी प्रेस काउन्सिल र सूचना विभागले लिएका छन । सञ्चारका अप्ठ्यारालाई उठान गर्दै आएको नेपाल पत्रकार महासंघले स्वरोजगार मिडिया र मिडियाकर्मीको पेशागत, आर्थिक सामाजिक, स्वास्थ्यको सुरक्षाका लागि आवाज उठाओस । संक्रमणमा परेका पत्रकारहरुको विषयलाई लिएर उपचार, बिमा लगाएत कोषको समेत निर्माण गरोस् । वर्गिकरणमा परेका र निरन्तर प्रकाशन प्रसारण भएका मिडियाको उच्च मुल्यांकन हुन पनि आवश्यक छ । सामाजिक सञ्जालको दुरुपयोग गरि पत्रकारलाई गाली गलौज तथा लाञ्छना लगाउनेलाई कारवाहिको दायरामा ल्याउन पनि सरकारले सक्नुपर्छ । यति भनिरहँदा सञ्चारकर्मीको स्वास्थ्यमा ध्यान दिदै बेला बेलामा उनीहरुको कोरोना परिक्षण गरियोस ।
यतिबेला सञ्चारको महत्वलाई नबुझ्ने हो भने कोरोना रोकथाम र संक्रमणमा राज्य र नागरिक सबैले क्षति व्यहोर्नुपर्ने यथार्थता छ । सामाजिक सञ्जालमा आलोचना गर्ने तपाईं नागरिकले आज कोरोनाबाट बच्न, बाढी पहिरोबाट बच्न वा भुकम्प जस्ता विपत्तिबाट बच्न कसरी जान्नु भयो ? पत्रकारको आलोचना गर्नुपूर्व गम्भिर भएर सोंच्ने की ? (लेखक : नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष तथा मानवअधिकारकर्मी समेत हुनु हुन्छ ।)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पाँचसय एकहत्तर जनाको आरडिटी परिक्षण

Next Post

दुई महिला आइसोलेसनमा भर्ना, सिन्धुली अस्पतालमा उच्च सतर्कता अपनाईयो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied