सिन्धुली । दुधौली नगरपालिकाले विभिन्न संघसंस्थाले गरेको सहयोग सार्वजनिक गरेको छ । दुधौली नगरपालिकाको विपद व्यवस्थापन समितिलाई हालसम्म प्राप्त सहयोग नगरपालिकाले सार्वजनिक गरेको हो ।
नगरपालिकाले सहयोग गर्ने संघसंस्था र प्राप्त सामान तथा नगद सहयोग सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणमा विभिन्न संघसंस्थाबाट ७ वटा थर्मल गन, १६ वटा पिपिई सेट, गाउन ४० सेट, क्वारेन्टाईनलाई आवश्य सामग्री ५० सेट, १५ हजार १ सय सर्जिकल मास्क, सेनिटाईजर १६० वटा, फलामे खाट र विछ्यौना ३०÷३० थान र ७ हजार ५ सय नगद प्राप्त भएको नगरपालिकाका मेयर घनश्याम राउतले जनाए ।
उक्त सहयोग नेपाल रेडक्रस सोसाईटी सिन्धुली, रिलिफ नेपाल, सहकार्य नेपाल, मकाउमा बस्ने नेपालीहरु, प्रलाद खड्का, सुवास गिरी र विकेआर कन्ट्रक्सन प्रालीबाट प्राप्त भएको जनाईएको छ ।




















