सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ८ माइस्थानमा मोटरसाईल र बस एकआपसमा ठोक्किदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । बुधबार काठमाण्डौबाट भिमानतर्फ जाँदै गरेको बा ७९ प ७१८८ नम्बरको मोटरसाईकल र बर्दिबासबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा ४ ख ५७७७ नम्बरको बस ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।




















