• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आई मिस यू बिजय, आई मिस यू

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख १०, २०७७
in Featured, Opinion
0

Share via:

175 Shares
  • Facebook 175
  • Twitter
  • LinkedIn
  • More
सुष्पा भुजेल

राजनीतिक जीवनको सुरुवात : प्रीय बिजय । जति बेला म अन्जान जस्तै थिएँ जुन कुरा म आफैले निर्णय गर्न सक्ने अवस्थामा थिइन तर कतिपय समय र निर्णय यस्तो पनि हुदो रहेछ जुन अरुको आड अनि भरोसामा चल्नु र आफ्नो जीवन चलाउनु पर्ने । हो त्यहि यात्राको एक अथक यात्री म पनि जति बेला मैले मेरी आमाको न्यानो काख र बाबाको न्यानो मायाको अंगालोबाट आफ्ना र आफन्तहरुबाट, आफुले पढ्दै गरेको किताब, कलम र झोला एउटा कुनामा राखेर २०५७ सालमा अनेरास्ववियु क्रान्तिकारीको जिल्ला समेलनमा घरबाट सबैको आँखा छलेर नयाँ ज्ञान लिन घर छोडेको आज जस्तो लाग्छ । त्यति मात्र होइन त्यो कार्यक्रमबाट घर आएर फेरी स्कुल जादा त्यो समाजले हेर्ने दृष्टिकोण नै परिर्वतन भएको देख्दा अनि यो वा त्यो रुपमा कुरा काटेको सम्झँदा आज पनि दिक्क लाग्छ । जति बेला त्यो माओवादी सशस्त्र लडाईंको अन्यन्तै चुनौतीपूर्ण अवस्था थियो कति बेला कुन समयमा कस्का प्रहारबाट कस्को काखको सन्तान लुटिने हुन, अनि कति बेला कुन बालबालिका आमा बाबा बिहिन टुहुरा बन्ने हुन ? त्यसको केहि टुंगो थिएन । त्यति मात्रै होइन जीवन भर सँगै दुःख सुखमा हाँसी खुशी बाँच्ने कसम खाएर कन्यादान लिएका जोडी कति बेला बिदुर वा विधुवा बन्ने हुन्न त्यो पनि थाहा नै थिएन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यति बेलाको समय यस्तो आम नागरिकको न्याय र सार्वभौमसत्ता प्राप्तिको लागि निश्चित समूहको अगुवाईमा आम नेपाली जनता आन्दोलनमा नै आन्दोलित थिए भने त्यहि आन्दोनललाई दबाउन भरपुर रुपमा राज्य लागि रहेको थियो । त्यो आन्दोलनबाट म पनि टाढा रहन सकिन । घर छोड्ने निर्णय त गरी धेरै कुरा त म आफैले आफैलाई सम्हाले तर जतिबेला मैले झोलामा कपडा राखेर निस्कन लाग्दा मलाई जन्म दिने मेरी आमाको अनुहार आँखामा झल्कियो । छातिमा कतैबाट ठृलो ढुङ्गाले थिचेको जस्तो भयो । त्यति मात्रै भएन आफ्नो सन्तानको असल शिक्षा, दिक्षाको लागी वर्षौदेखि मुग्लानमा जागिर गरेर आफ्नो दुःख सन्तानको खुशीमा लिलाम गरिरहनु भएको मेरो जीवनको आइडल व्यक्ति बुबालाई सम्भेंm । जतिबेला बुबा आमा इन्डियामा हुनुहुन्थ्यो, मन मनै रोएँ । रुँदै भित्तामा झुन्डिएको फोटो हेर्दै तिम्रो कोखबाट जन्मिएको सन्तान देशको सेवामा लाग्ने प्रण गरें । यति बेला मैले सदाको लागी तपाईहरुबाट टाढा हुदा सह्य त हुदैन तर त्यो पनि एक दिन खुशी हुने दिन पनि आउने छ भन्दै निकै समय त्यो फोटोलाई छातिमा टाँसिरहें । मलाई माफ गर्न अनुरोध गरें । उफ………..उफ ……….. खै के भनौं ? एकतर्फि बेल्लन त सजिलो भयो । आखिर मनमा जो भएता पनि तर मेरो सानो भाई जो हाम्रो सन्तानको सबै भन्दा कान्छो सन्तान मैले लुगा मिलाएको देख्दा ट्वाल्ल परेर एकोहोरो हेरिरहेको थियो । उसलाई थाहा थिएन जुन दिन मेरा लागी सामान्य थिएन । मेरो पनि मनमा हजारौं कुरा खेल्न थाल्यो । मस्त निदाएको भाईलाई टुलुटुलु हेरिरहें । मायाँले छपक्कै भएँ तर …………. भोली पल्ट दिउँसो घर छोडेर हिडें । हिड्न लाग्दा भाईले मेरा स्कट समातेर रुन लाग्यो । मन मनमै म पनि रोएँ तर विश्राम भने लिइन । खुल्ला कितावको पाना जस्तो जीवन १४ वर्षमा नै दुष्मनको निशानी बनाएँ । तर म कति पनि दुःखी र मनमा खिन्न्ता भने कहिले पनि भएन किनकी जुन कसम खाएर घरबाट निस्केकी थिएँ त्यसमा मेरो स्वतन्त्र निर्णय थियो ।
आज आफैले गरेको यात्रा अनि गरेको अथाहा संघर्ष समेत कपीको पानामा उल्लेख गरेर सकिदैन । किनकी मेरो सुन्दर जीवन त्यहि नै एक अध्यायको नष्ट भएको छ । मेरो जीवनको आन्दोलन विद्यार्थी जीवनबाट नै सुरुवात गरेको हो । मेरो राजनीतिक जीवन पनि विद्यार्थि संगठन हुदैँ जिल्लाको राजनीतिक हुदै त्यति बेलाको जनसैन्य फर्मोशन सम्मको थियो । जति बेला म विद्यार्थिबाट ०५९ सालमा पार्टीको जिल्ला कमिटि सदसय भएको थिएँ । उमेर सानो भए पनि पार्टीले जिम्मेवारी दिन कति पनि कन्जुस गरेको थिएन । जिम्मेवारीसँगै चुनौति पनि कम थिएनन । आज सम्झँदा पनि कहाली लाग्छ । जति बेला दिन अरुको केवल रात आफ्नो थियो । उज्यालोमा घामको न्यानो ताप अनि बिहानी मिरमिरेको स्वस्थकर हावा कहिले पनि लिने सौभाग्य मिलेन । अरु बेला खासै मलाई कसैको वास्ता लाग्दैन थियो जति बेला आकाशबाट मुसलधारे पानी र कानको जाली नै फुट्ने गरी चट्याङ हान्थ्यो त्यति बेला मेरी आमाको न्यानो अङ्गालो सम्झना आउँथ्यो र मेरो बालसखा भाईको यादले रुन्थें तर अरुको अगाडि होईन ।
जति बेला राजनीतिमा म अबुझतामा नै कठिन बाटो रोजी अरुको भन्दा कैयांै गुणा फरक र कठिन थियो । त्यहाँ भित्र पनि माया ममता पारिवारिक वातावरण आपसी आचरणको निकै ठूलो स्कुलिङ थियो । अनुशासनको एउटा कसिलो परिधि थियो । हरेक वसन्तको परिवर्तनसँगै मेरो पनि मन, मस्तिष्क र उमेर पनि परिवर्तन हुदै गयो । तर मैले कहिले पनि प्रेम, विवाह र यौनको विषयमा सोच्ने समय नै थिएन । तर कहिले काँहि नचाहेर पनि समय आफैले हरेक कुराको सौभाग्य दिलाउने रहेछ । कानुनी हिसाबले मेरो उमेर विवाहको लागी योग्य नै थिएन । प्रेसर र विवाहको सवालमा पनि पार्टी भित्र एउटा खालको नियम थियो जुन हामी सबैले लागु गर्थौं । म अलि चञ्चले स्वाभावको थिएँ तर आफ्नो अडान सानै भए पनि कहिल्ले छोड्दैन थिएँ । कहिले काहिं साथीहरुले घमण्डी पनि भन्ने गर्नु हुन्थ्यो । म त्यो पनि हो भन्थें यस्तै यस्तैको वीचमा दिन पछि रात र रात पछि दिन वित्दै गयो । मलाई पनि केहि कसैको आवश्यकताको गहिरो अनुभूति हुन थाल्यो । जति बेला मैले प्रकृतिको देन बुझ्न थालें । त्यहि बेलादेखि आवश्यकताको महशुस गर्न थालें । आज पनि मलाई याद छ र भन्न अलि लाज पनि लाग्छ त्यो बेला मलाई विवाहको लागी प्रस्ताव राख्ने साथी आज पनि सँगै छौ ………..भेट्दा कता कता लाज पनि लाग्छ तर हामीमा नराम्रो भने छैन यहि यात्राको दौरानमा ०५९ सालमा विजय जीसँग मेरो पहिलो चिनजान भयो । हाम्रो चिनजान पनि अलि फरक नै थियो खासमा म पार्टी संगठनको कामले जाने क्रममा एक दिन म बिजय जी को घरमा पुगें । त्यति बेला उहाँको आमाले नै मलाई चिनाउनु भएको हो । मेरो छोरो बिजय पनि यो माओवादी आन्दोलनमा छ । निकै दिन भयो घर नआएको भन्दै मलाई अंगालो मारेर आमा रुनु भएको थियो त्यतिबेला । आमा रुनु भएको देखेपछि मैले पनि मन थाम्न सकिन । आँखाबाट आशु मेरो पनि रोकिएन । किनकी मेरी आमा पनि अरुसँग यसै गरि बिलौना गरेर रुदैं होलिन । कहिले काहिं म स्कुलबाट छुटि भएपछि हातमा किताब च्यापेर निलो स्कट, आकाशे रङको लाएर ओरालो झर्दै गरेको झलझल याद आएको होला । यस्तै यस्तै कुराले निकै समय पिरोल्यो । त्यहाँबाट म अर्को कामको लागी छुट्टिएँ । मनमा निकै अमिलो भान भयो । म अव अलि इच्छुक भए बिजय जीलाई भेट्न । नभन्दै त्यसको २ दिनपछि उहाँसग भेट भयो । म पनि आतुर थिएँ आमासँगको भलाकुसारी सुनाउन तर म भन्दा बढि उहाँ पनि आतुर हुनुहुदो रहेछ । त्यो बेला हामी चिनजानको हिसावले टाढा नै थियो । उहाँले बोलाउँदै हाँस्दै भन्नु भयो, ‘आमाले तिम्रो कुरा गर्दै हुनुहुन्थ्यो ।’ हामी ३ जनाको संवादमा लगभग २ घण्टासम्म वितायौं । पार्टी कामको शिलशिलामा निकै समय टाढा भयौं । हामीसँग सञ्चारको कुनै पनि माध्यम थिएन । २, ३महिनामा भेट हुन्थ्यो । म उमेरमा निकै जुनियर थिएँ । मलाई वहाँले जहिले पनि अरुले नसुन्ने गरि ओ फुचि भन्नु हुन्थो । म बेला बेलामा रिसाउँथें । अनि भन्थें पनि किन सर आज भोली अलि बढि नै हेप्न थाल्नु भयो त ? उहाँले ‘अनि बच्चाहरुलाई के भन्नु त आफै भनन’ भनेर हाँस्दै जिस्काउनु हुन्थ्यो ।
यसै गरि बितेछ एक वर्ष । मैले पनि विभिन्न कोणबाट कुरा बुझ्न थालें । उहाँले पनि विस्तारै मलाई पनि एक कुशल अभिभावकको आवश्यता भएको आभास हुन थाल्यो । समयले हामीलाई नजिक त गरायो तर त्यो भन्दा ठूला र समाल्न गाह्रो पर्ने खालका चुनौति पनि सँगै आयो । कहिले काहिं म अलि बढि नै भौतारिन्थे, आतिन्थें र डराउँथें तर त्यो प्रेमको मिठो पन थियो । सबै कुरा अभिव्यक्त गर्ने स्थान र अवसर पनि आनन्दको कहिल्लै भएन । यस्तै यस्तैमा एक वर्ष अन्धो मायामा नै पौडी खेलि रह्यौं । साथीहरुमा अलि अलि हल्ला चल्न थालेछ हाम्रो बारेमा । हामी एक दिन उहाँले मसँग सल्लाह नै नगरि प्रेम प्रस्ताव लेखेर पार्टी अफिसमा निवेदन दिनु भएछ । मलाई पनि कार्यालयमा बोलाईयो । लगलग खुटोटेम्टा काप्दै थियो तर पनि गएँ । विशाल कमरेड जो आज यो दुनियाँ हुनुहुन्न सोध्नु भयो केहि पनि भन्न सकिनँ ।

प्रेमको पहिलो पाईला :
प्रेमको पहिलो बैधानिक सुरुवात २०६० साल बैशाखाबाट भएको थियो । सरुवात भयो तर कति बेला कुन समयमा यस्को अन्त हुने हो वा यो सफलतामा परिणत हुने हो त्यो कुनै भन्न सक्ने अवस्थामा नै थिएनौं । म सानो उमेरको भएको कारण त्यति जिम्मेवारी अनुभूति नै हुदैन थियो । यी सबै विषयमा उहाँ एकदमै सजक र जिम्मेवारी बोध कर्तव्य अनि त्यतिकै मलाई माया गर्ने मान्छे । हामिले हाम्रो प्रेमलाई खुल्ला आकाशमा फैलाउन पाएनौं प्रेम पनि दुश्मनको दवाव र अभावमा बाँचिरहे प्रेम भेट्दा पनि कहिल्लै समय भएन हाम्रो लागी । कहिले काँहि दुःख लाग्थ्यो । मेरा आफ्नै साथीले गगत कुरा समेत सुनाउन पछि पर्नु भएन आज पनि त्यो अनुहार बेला बेलामा देख्छु र भेटछु । मलाई घिन लागेर आउँछ सद्दे मान्छेलाई मरेको कुरा सुनाउँथे मलाई ।
कहिले घाईते भएर लडिरहेको कुरा सुनाउँथे । म भक्कानिएर कसैले नदेख्ने गरि रुन्थे । भेट्दा जहिले पनि मेरो चिन्ता केहि नगर्नु आफ्नो ख्याल गर्नु भन्दै छुट्नु हुन्थ्यो । एक वर्ष यस्तै गरि बितेछ पतै भएन । वहाँ एकदमै कम बोल्नु हुन्थ्यो ।
विवाह
वि.सं. ०६१ बैषाख १ गते एक सभामा हाम्रो विवाह गर्ने तयारी भयो । उहाँले मलाई सोध्नु भयो । विवाहको तयारी हुदैछ के गर्ने ? भन्नु भयो । त्यो बेला पनि म नाजवाफ भएँ । एकासी आँखाबाट आँशु झर्न थाल्यो । केहि बोल्न नै सकिन । नजिकै आएर मलाई सम्झाउन थाल्नु भयो । मनमनै मेरो घर परिवार सबैलाई सम्झें र विवाहपछिका आउने चुनौतिलाई पनि त्यतिकै सम्झें तर जीवनको सबै भन्दा अप्ठ्यारो अनि गर्नु पर्ने निर्णय । विवाह गर्न मञ्चमा कार्यक्रम सञ्चालकले बेलाउनुभयो । मनमा हजारांै चिन्ताले हाजिर छु । घर परिवार अनि आफ्नो विवाहको यो तयारीले आँखामा आँशु कति खेर पनि अडिएको छैन । आँखामा भिडियोको रिल जस्तै गरी सबैको यादले सताएको छ । सबैको ध्यान हामीमा नै छ, आखिर जो हुन्छ राम्रो नै हुन्छ । आफुलाई समाल्ने निकै प्रयत्न गरें । एक अर्कामा माला र टिका साटेर विवाहको समापन भयो । बेलुका बास बस्नेको ठेगान छैन । जुन रात राम्रा र नराम्रा कुराको आपसी समिक्षाको रात पनि भनिन्छ असल श्रीमान श्रीमतिको लागी । मेरो त्यो हालत देखेर उहाँलाई पनि त्यतिकै तनाव भयो तर समाल्नुको कुनै विकल्प थिएन हामीमा । हाम्रो विवाहको सुरुवात यस्तै गरि भयो । विवाहपछि निकै सपना सजाएका थियौं आँखामा त्यो कहिले पुरा भएन ।
सधैको लागी अन्त्य
पहिलो बैशाख ०६० प्रेमको सरुवात, दोस्रो बैशाख ०६१ विवाह, तेस्रो बैशाख ०६३ सुन्दर जीवनको अन्त्यसँगै (३ बैशाखमा राम्रो भाग्य समाप्त) अब मैले यो बेला पनि तिमीलाई याद गर्दैछु विजय । खुल्ला संसारको व्यस्त शहरको बीचमा उभिएर । तिम्रो अभावमा र अधुरो कल्पनामा पौडी खेल्दै आज निकै दिनपछि फेरि पनि कलम चलाउन मन लाग्यो तर तिम्रा अभावमा अनि तिम्रो अनुपस्थितिमा कलम पनि तल माथी माथी तल गन्तब्य बिहिन बनेको छ । जहाँ अधुरा अपुरा टुटफुट अनि कता कता विछिप्त पनि भएका छन् तर किमार्थ विलय भने भएका छैनन ।
बिजय ! आजको दिन म कल्पना पनि गर्न सक्दिन जुन दिन तिम्रो हातले मेरो रङ्गिएको सिउँदो पखालिएको दिन । तिमी आफैलाई थाहा छ हैन ? तिमीसँग मैले र म सँग तिमीले सँगै जीवन जिउने कसम खाएर एक अर्कामा बाँधिएका थियौं । भविष्यमा निकै ठुला र महंगा कल्पनाको महल सजाएका थियौं । जीवनका उकाली, ओरालीहरु सहज आवातजावत गर्ने सपना सजाएका थियौं तर त्यो एक वर्षको मिठो तर छोटो सहयात्रा मै मलाई सधैका लागि एक्लै छोडेर सधै सधैका लागि अस्तायौ ।
बिजय ! सायद तिमिसँगको सहयात्रा यति सहज, सरल र मिठासपूर्ण थियो जुन आज पनि प्रत्येक गाँस र प्रत्येक पाईलामा याद आउँछ, तिम्रो व्यवहारमा लचकता, खानपान र पेशाकमा सरलता हरेक परिवेश र प्रतिकुलतासँग निडरता, बोलीमा मिठासपन हरेक अवस्थाको सहज मूल्याङ्न गर्ने सक्षमता । यी यस्तै नैतिकवान मूल्य तिम्रो भएका कारण आज त्यो मेरो दैनिक तिमी बिनाको यात्रा पूँजिमा स्थापित भएको छ ।
तिमिलाई थाहा छ बिजय ? तिमी विनाको यात्रामा म कति पल्ट बिर्सन नसक्ने गरी रोएकी छु । जति बेला तिमिले मलाई सदाका लागी यो रङ्गिन दुनियाँमा एक्लै छोडेर गएका थियौ, संर्घषको फरक यात्रा जहाँ लाखौं चुनौतिको बीच बाटोमा नै छाड्यौ जुन बाटोमा हिड्न र सहि बाटो पत्ता लगाउन सक्ने सामथ्र्य पनि म मा थिएन । कैंयौ रातमा मेरो आँखा निदाएनन । जति बेला पनि तिमीलाई विस्तारामा हामी अंगालोमा भएको अभास गरिरहें । जुन दिनबाट तिमीले मलाई औपचारिक अंगालोमा अङ्कमाल ग–यौ त्यो दिनदेखि आजसम्म पनि यो अंगालो न्यानो र मिठासपूर्ण छ । मलाई आज पनि ताजा याद छ । कैयौं लडाईमा हामीसँगसँगै वर्ग बहिरिको क्याम्पबाट धाँवा बोल्दै बिजय भएर फर्किएपछि हजारौं दुःख लुकाउँदै बेलुका तिम्रो छातिमा टाँसिएर तिता मिठा बात गर्दै मस्त निदाएको आज जस्तो लाग्छ । त्यति बेला तिमीले मेरो टाउको सुम्सुमाउँदै मेरो कपाल चलाउँदै चुमन गर्दै भनेको प्रत्येक शब्द र त्यो व्यवहार आज पनि मानस्पटलमा पे्ररणाको श्रोत बनेको छ ।
बिजय ! त्यो समय मेरो लागी यस्तो दुर्भाग्य बन्यो जति बेला उज्यालो हुन मात्र २ घण्टा बाँकी हुँदा सिन्धुलीमा जन्मेको छोरो सिन्धुपाल्चोकमा सदाको लागी अस्तायो । सिउँदोको सिन्दुर पुछियो, आमाको काख रितियो, बुबाको मुटु चुडियो, दाजु भाईको वंश सकियो, दिदी बहिनीको मखमली फूलको माला चुँडियो । आज पनि त्यो दिन सम्झँदा म आफैले आफैलाई बिर्सन पुग्छु । यो सारा उज्यालो संसार मेरा लागि अध्याँरोमा परिणत हुन पुग्यो । त्यति बेला कैयौं रात मेरो आँखा तिमी आउने बाटो हेरी आशा राख्दै थियो । मेरा कानमा तिमिले जस्तो बेलामा पनि नानी भनि बोलाएको आवाज मात्र आइरह्यो । जति बेला म बिस्तारबाट आतिएर हजुर भन्दै बाहिर निस्कन्थे । निष्कपट अध्याँरोमा तिमीलाई देख्दैन थिएँ फेरि म लट्पटिदैं भित्र छिर्थें र फेरि महसुस गर्थें । कतै मलाई झुक्काएर मेरो विस्तारामा लुकि रहेका छौ की भनेर सिरक पल्टाउँथे तर पाउँदैन थिएँ । डाँको छोडेर रुन्थें, त्यहि सिरकले मुख छोपेर चिच्याउँथे । कैयौं रात तिम्रो आउने आशमा नै विताएँ र जवरजस्ती बिहानीपख निदाउने हिम्मत गर्थे । जब निदाउन थाल्थें । तिमी अगाडि आएर उभिएको जस्तो लाग्थ्यो । फेरि तिमीलाई अँगालो मार्न पुग्थें तर मेरो अंगालो रित्तो हुन्थें । फगत तिमी छायाँ मात्र बनेर सधै मलाई माया गरि रह्यौ । म त्यहि कल्पनाबाट सागर तर्ने हिम्मत बटुल्न थालें । आज पनि म त्यहि यात्रामा छु जुन आधा बाटोमा मलाई छोडेका थियौ ।
बिजय ! यी सबै हामी बीचको सम्बन्ध कस्तो सम्बन्ध भयो है ? हिजो तिमी मसँग हुँदा पनि चाहाना, भावना सबै सबैलाई आफ्नो देश र जनतालाई चढायौ । तिमी त यो लडाईमा बिजय भयाँै तर म त अग्नि परीक्षामा आज पनि छु । जुन परीक्षामा बिजय वा पराजयको फैसला बाँकी छ । अनि तिमीसँगको जुन रात अनि जुन साथ अन्तिम थियो त्यो बेला तिमीले मलाई भनेका प्रत्येक शब्द आज पनि याद छ तिमी र म बस्ने धर्ति नै फरक भयो, हामी सुत्ने नै ओछ्यान फरक भयो, खाना खाने भान्सा घर नै फरक भयो, तिमी र मेरा समाज र समुदाय नै फरक भयो, हामी हिड्दा डुल्दा एक्ला एक्लै भयौं तर तिमीलाई थाहा छ ? हामीसँग एउटा कुरा मात्रै फरक छैन, जुन मुटु हाम्रो एउटै छ ।
बिजय ! तिमी र म सँगै भैदिएको भए यो संघर्षमा म एकान्तमा मुख छोपेर पलपल रुनु पर्ने थिएन होला ? जीवनका कहाली लाग्दा मोडहरुमा अल्मलिने थिइन होला ? सबैबाट न्यानो माया सद्भाव जान पहिचान सजिलै पाउँथे होला ? अँध्यारो रातमा एक अर्काे साहारा बन्थ्यौं होला ? है
बिजय ! यो त भावना मात्र, भयो होइन र ? मलाई विश्वास गर मेरो जीवनको प्रत्येक पाइलामा तिमी अगाडि छौ । म सुत्नु भन्दा अगाडि तिमीलाई गुड नाईट भन्दै छातिमा टाँसिएर निधाउँछु ! फेरि बिहान मेरा आँखा खुल्छ, गुड मर्निङ भन्दै तिम्रो न्यानो अंगालोबाट छुटेर म अरु काममा बाहिर निस्कन्छु । तिमी मसँग होउ वा नहोउ भौतिक रुपमा मेरो मुटुमा तिमी छौ त्यसैले मैले फेर्ने प्रत्येक स्वासमा तिमी छौ, गासमा तिमप् छौ बासमा तिमी छौ र आँटमा तिमी छौ र त आज पनि तिमीसँगै बाँचेको छु । आई मिस यू बिजय । आई मिस यू ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा ३७७ जनाको आरडिटी जाँच

Next Post

माइस्थानमा मोटरसाइकल र बस ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied