• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालविवाह अन्त्यका चुनौती र दायित्व

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २८, २०७६
in Featured, Opinion
0

Share via:

187 Shares
  • Facebook 187
  • Twitter
  • LinkedIn
  • More
आर.बी.श्रेष्ठ 

कुनै देशका सभ्यता त्यहाँका नागरिकले देखाउने व्यवहार र उनीहरुले गर्ने निर्णयको तौर तरिकाले झल्काउँछ । हाम्रा बालबालिका आफ्नो भविष्य प्रतिको महत्वपूर्ण निर्णय गर्दा कति विश्लेषण र विवेचना गर्न सक्छन् भन्ने कुरा उनीहरुको सामाजिक वातावरण, शैक्षिकस्तर र उमेर महत्वपूर्ण हुन्छ । विवाहलाई जीवनको महत्वपूर्ण निर्णयको रुपमा लिइन्छ । यसबाट जीवनले नयाँ मोड लिन्छ ।

तर नेपाल तथा दक्षिण एशियाको देशहरुमा विवाहको निर्णयमा अधिकांश रुपमा सम्बन्धित दुलाहा वा दुलही हुने यूवा तथा यूवती या त निर्णयमा सहभागी नै हुदैनन् या आफ्नो बारे निर्णय गर्ने परिपक्वता नआई नै निर्णय लिन्छन् । जस्ले गर्दा उनीहरुको भविष्य अन्यौल तर्फ धकेलिने खतरा बढिरहेको हुन्छ । बालविवाह यस्तै अवस्थाको एक उपज हो । अधिकांश विकसित देशहरुमा बालिकाको पहिलोे विवाहको औसत उमेर २५ वर्ष भन्दा माथि छ । बेलायतमा पहिलो पटक गरिने विवाहमा महिलाको औसत उमेर ३१.५ छ । तर हाम्रो देशमा बालिकाहरुको पहिलो विवाहको औसत उमेर १७.९ वर्ष रहेको छ, यो दक्षिण एशियामा बंगलादेशपछिको कम हो ।

सफल र सक्षम नागरिकको विकास, खास गरी महिला जो आधा हिस्सा छन्, उनीहरुको यो राष्ट्र निर्माणमा योगदान लिने हो भने राज्यका हरेक पक्षले सबै बालबालिका खास गरी किशोरीहरुको सबै खाले क्षमता र सम्भावनालाई विकसित हुने अवसर प्रदान गर्न बालविवाह अन्त्य गर्ने दायित्वमा योगदान गर्न जरुरी छ ।

दिगो विकास लक्ष्यको ५.३ बुँदाले हानिकारक अभ्यासका रुपमा रहेका खास गरी बालविवाह जस्ता कुरितीलाई सन् २०३० सम्ममा अन्त्य गर्ने प्रतिबद्धता गरेको छ । यो प्रतिबद्धता बालविवाह संसारमै विकराल समस्याको रुपमा रहिरहेको छ र यो विकास र सभ्य समाज श्रृजना गर्न बाधक रहेको कुराको स्वीकार्यता हो । विश्वमा प्रतिवर्ष एक करोड बिस लाख बालिकाहरुको १८ वर्ष नपुग्दै विवाह भइसक्छ । यसलाई हेर्दा प्रति मिनट २३ जना बालिकाहरु बेहुली बनिरहेका छन् । यही रफ्तार कायम रहे सन् २०३० सम्ममा १५ करोड बालिकाहरु बेहुली बन्ने छन् ।

नेपाल दक्षिण एशियामा धेरै बालविवाह हुने देशहरु मध्येमा पर्दछ । सन् २०११ को जनसंख्या तथा स्वास्थ सर्वेक्षणले नेपालमा ४१ प्रतिशत बालिकाहरुको १८ वर्ष पहिला नै विवाह भइसकेको देखाएको छ । सन् २०१६ मा लण्डनमा भएको बालिका सम्मेलन ९न्ष्चकि क्गmmष्त द्दण्ज्ञट० मा सहभागी हुँदा नेपालका महिला तथा बालबालिका मन्त्रीले सन् २०२० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएर फर्किएका थिए । त्यसपछि नीतिगत रुपमा धेरै काम भएको देखिन्छ । सरकारले ऐनमा संशोधन गरेर २० वर्ष भन्दा कम उमेरको विवाहलाई दण्डनीय बनाएको छ ।

त्यसैगरि बालविवाह अन्त्यका लागि रणनीति २०७२ जारी गरेको छ । प्रदेश ३ सरकारले २०७८ सम्ममा बालविवाह मुक्त प्रदेश घोषण गर्ने लक्ष्य लिएको छ । प्रदेश ३ सरकारले प्रत्येक जिल्लामा बालविवाह न्यूनिकरणका लागि सहजकर्ता पनि नियुक्त गरेको छ । तर यो सन्देश गाउँसम्म अभियानका रुपमा पुग्न सकेको छैन । कानूनी रुपमा विवाह गर्ने उमेर २० वर्ष भए पनि बालविवाह अझै व्याप्त रहेको ताजा तथ्यांकले देखाएको छ । सिन्धुली स्वास्थ कार्यालयको तिन वर्षको गर्भवती जाँचको तथ्यांकलाई हेर्दा सरदर २७ प्रतिशत गर्भवती विस वर्ष मुनिका रहेका पाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ५ हजार ४ सय १ जना प्रथम पटक गर्भ जाँच गराउन आएका मध्ये १ हजार ४ सय ७९ (२७५०  गभवती विस वर्ष मुनिका रहेका छन् ।

यो दर २०७३÷०७४ र २०७४÷०७५ मा पनि उस्तै देखिएकाले सरकारको कानून र घोषणाको खासै प्रभाव नपरेका दखाउँछ । यसले कानून त विवाह प्रतिबन्ध गरिएपछि दण्डनीय भएकोले विवाह दर्ता समेत नहुने तर व्यवहारमा भने बालविवाह कायम रहेको तथ्यांकले देखाउँछ ।

पछिल्लो समयमा बालविवाह आमा बाबुको करकापमा भन्दा पनि आफै भागेर विहे गर्नेहरु वा छोराछोरीले भागी विवाह गरिदिँदा सामाजिक मान प्रतिष्ठामा आँच आउने डरले आमा बाबुले गरि दिने गरेको धेरै पाइएको छ । केही भने बाबू आमाले अन्त कुरा चलाएपछि आफूले चाहेको केटासंग विवाह नहुने डरले पनि भागी विवाह गर्ने गरेका छन् ।

यूनिसेफको दक्षिण एशियामा बालविवाहको अवस्था सम्बन्धि प्रकाशन अनुसार बालविवाहका महत्वपूर्ण कारणहरुमा  गरिबी, अज्ञानता, अशिक्षा रहेका छन् । ३२ प्रतिशत धनी वर्गका बालिकाको बालविवाह हुदा ५२ प्रतिशत अति गरिव वर्गका बालिकाहरुको बालविवाह भएको तथ्यांक छ । गरिबमा बालविवाहलाई प्रेरित गर्ने कारणमा आमाबाबुहरु छारीको विवाह गरिदिएर जिम्मेवारीबाट पन्छिन खोज्ने वाबालिकाहरु स्वयम् पनि आफ्नो गरिबीको अभावलाई विवाहपछि केटाले पुरा गरिदिने अपेक्षा वा दुवै छन् ।

त्यस्तै अशिक्षा र अज्ञानता बालविवाहलाई बढाउने अर्को महत्वपूर्ण कारण बनेको छ । अशिक्षित वर्गका २५ प्रतिशत  बालिकाले १५ वर्ष मुनी विवाह गर्दा उच्च शिक्षा हासिल गरेका त्यही उमेर समुहका २ प्रतिशतले मात्र विवाह गरेका छन । यौन तथा प्रजनन शिक्षाको अभाव, परिवार नियोजन सेवाको उलब्धताको कमी र समाजको नकारात्मक टिका टिप्पणी र त्यससंग जुध्ने साहस र वातावरण अभाव, खास गरी भागी विवाह गर्नुका कारण भएका छन् । १५ देखि १९ उमेर समुहका ४७ दशमलब ७ प्रतिशत बालिकाहरु परिवार नियोजनको सेवाको पहँचबाट बञ्चित छन् । केटा साथीसंग भेटघाट तथा हात मिलाउँदा गर्भवती भइन्छ भन्ने डरले भागेर विवाह गरेको भन्ने महिला पनि अध्ययनमा पाइएको प्रतिवेदनले देखाएको छ,जो अज्ञानताको एक नमूना हो ।

शहरमा भन्दा ग्रामिण क्षेत्रमा १८ प्रतिशत बढीले बालविवाह गरेको देखिन्छ । शहरका ३४ दशमलब ७ प्रतिशतले बालविवाह गर्दा ग्रामिण भेगका ५२ दशमलब १ प्रतिशतले बालविवाह गरेको तथ्यांक छ । यो पनि उनीहरुको अज्ञानता र समाजका विभिन्न पक्षसंगको अन्तरक्रिया ९भ्हउयकगचभ० हुने अवसर नभएकै कारणले हो भन्ने अनुमान लगाउन सकिन्छ ।

सरकारले रणनीतिक योजना तथा अन्त्य गर्ने घोषणा मात्र गरेर बालविवाह अन्त्य हुने संकेत देखिदैन । यसका लागि बालविवाहले ल्याउन सक्ने नकाराम्मक पक्षहरुको विभिन्न क्षेत्रबाट एकै साथ बहस चल्न जरुरी छ । विवाह नगरेका बालिकाभन्दा त्यहि उमेर समुहका विवाहित बालिकाहरुमा विद्यालय छाड्ने दर दश गुणाले बढी छ । यसको अर्थ उनीहरुको शिक्षा र क्षमता विकास हुने अवसरबाट विवाहपछि बञ्चित हुने कुरा निश्चित छ । यसले उनीहरुमा रहेका सम्भावनाहरु उजागर हुने र राष्ट्रका लागि गर्न सक्ने योगदान अपूरै रहने निश्चित छ ।

बालविवाह मानवअधिकार हनन्को प्रष्ट उदाहरण हो । बालिकाहरु आत्मनिर्भर हुने र उत्पादन मूलक बन्नुको सट्टा परनिर्भर हुने, परिवारिक दायित्वमा फस्ने र स्वस्थ जोखिममा पर्ने हुन्छन् । सानै उमेरमा बच्चा जन्माउनाले र उपयुक्त स्वास्थ सेवाको अभावले गर्भवती र बच्चा दुवैको स्वास्थ जोखिममा पर्छ । नेपालमा १३ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको एक अध्ययनले देखाएको छ । यसरी हेर्दा लगभग २० लाख महिलामा पाठेघर खस्ने समस्या रहेको देखाउँछ । त्यसै गरी यूनिसेफले गरेको एक अध्ययनले हरेक तीन विवाहित बालिकाहरुमध्ये एकजना लैंगिक हिंसामा र हरेक ६ मा एक शारीरिक हिंसामा परेको देखाएको छ । बालविवाहले कुनै न कुनै रुपमा यी समस्या बढाउन योगदान गरेको हुन्छ भन्न कुरा समग्र जनमानस र खास गरी बालबालिका माझ पुग्न जरुरी छ । पछिल्ला समयमा सम्बन्ध विच्छेदका घटनाहरु पनि बढ्दो क्रममा रहेको तथ्यांक छ । केटा र केटी बीच राम्रो बुझाई र दिर्घकालिन समझदारी नबनी लहडमा वा करमा विवाह गर्ने र आफू बुझ्ने भएपछि अपेक्षा र सोचाई नमिल्ने हुनुले सम्बन्ध विच्छेदका घटनाहरुलाई बढाएको छ । सम्बन्ध विच्छेदपछि महिलाहरु समाजमा थप जोखिम र तनावमा रहने अवस्था बन्दछ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यसैले बालविवाह बालिकाको विकास र संबृद्धिको बाधक हुने र आधा नागरिक राष्ट्र निर्माणमा योगदान गर्नमा कमजोर रहन्छन् भन्ने स्पष्ट छ । राष्ट्रको संबृद्धिका लागि सबै नागरिकको सक्षमता र योगदानको जरुरी छ । त्यसैले सरकार, नागरिक समाज, पत्रकार, राजनैतिक दल, धार्मिक अगुवा र महिलाअधिकारकर्मी सबैले आफ्नो आफ्नो क्षेत्रबाट बालविवाहका नकारात्मक पक्षहरु र यसले राष्ट्रलाई दिर्घ कालसम्म पार्न सक्ने प्रभाव सम्बन्धी छलफल चलाउन जरुरी छ । यो सरकार वा गैससहरुको मात्र एजेण्डा नभइ सबै नागरिकको छलफलको विषय बने मात्र यसले सार्थकता पाउँछ ।

(लेखक सामाजिक रुपान्तरण तथा विकासमा गैसस क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गोलञ्जोरले दियो सार्वजनिक विदा

Next Post

सिन्धुली खाद्यमा आत्मनिर्भर, प्रदेश ३ मा न्युन उत्पादन

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied