सिन्धुली । जिल्ला प्रहरी कार्यालयले विपि राजमार्गमा यात्रा गर्ने यात्रु र सवारी चालकहरु सँग विजया दशमीको उपलक्ष्यमा शुभकामना आदन–प्रदान गरेको छ ।
यात्रुहरुलाई टिका र फुलमाला लगाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रवहादुर सिंह लगायतले चालक र यात्रुहरु सँग शुभकामना आदन प्रदान गर्नुका साथै ‘सडक सभ्यता हाम्रो चाहाना, सुरक्षित यात्राको सवैमा शुभ–कामना’ सहितको पम्पिलेट समेत प्रदान गरि कार्यक्रमको पहिलो दिनको शुभराम्भ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा भएको कार्यक्रम भोली पनि संचालन हुने प्रहरीले जनाएको छ ।




















