मरिण । मरिण गाउँपालिकाले २०७५ सालको एसइई परिक्षामा गाउँपालिका भित्र रहेका विद्यालय मध्ये सवैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ ।
मरिण गाउँपालिकामा भएको कार्यक्रममा गाउँपालिका मा रहेका माध्यामिक विद्यालय मध्ये सवैभन्दा बढी जिपिए ल्याउने विद्यालय कुशेश्वर माध्यामिक विद्यालय नक्सेले वडा नम्वर–३, सवैभन्दा बढी प्रतिशतमा जिपिए प्राप्त गर्ने गौरीसंकल मावि जयमंगल–७ लाई नगद एक लाख रुपैया सहित प्रमाणपत्र मार्फत सम्मान गरिएको हो ।
यसैगरी एसइई २०७५ मा सवैभन्दा बढी जिपिए ल्याउने साधारणधार तर्फका छात्रा सविना माझी, छात्र भेष बहादुर रानामगर, प्राविधिक धार तर्फको छात्रा सरिता वाईवा र छात्र, निसान आरनलाई जनही नगद ५÷५ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष पानीराज वम्जनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष संगिता माझि, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टार्जन कुमार लिम्बु वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।




















