सिन्धुली । ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सिन्धुलीमा वतृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
कमलामाई नगरपालिकाको आयोजना तथा प्लान ईन्टर नेशनलको सहयोग तथा मानव तथा राष्ट्रिय विकास समाज(ह्याण्ड्स ) नेपाल ,सिन्धुलीको समन्वयमा भएको कार्यक्रममा नगरक्षेत्रका १७ वटा विद्यालयका १७ जना छात्र–छात्राले सहभागिता जनाएका छन ।
दिवसको अवसर पारेर ह्याण्डस नेपाल सिन्धुलीको सहयोगमा कमलामाई नगरपालिकाले २०७५ सालको एसइई परिक्षामा जिल्ला प्रथम हुने सामुदायिक विद्यालय, संस्थागत विद्यालय र प्राविधिक शिक्षामा जिल्ला प्रथम हुने छात्र÷छात्रा गरी ११ जनालाई सम्मान गरेको हो ।
सम्मानित हुने विद्यार्थीहरुलाई ह्याण्डस नेपालले जनही नगर ५ हजार र सम्मान पत्रद्धारा सम्मान गरेको हो ।
कमलाई नगरपालिकाका नगर प्रमुख खड्ग वहादुर खत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक शंकर बर्मा तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा समन्वय ईकाईका प्रमुख गोविन्द सेढाई, नगरपालिकका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका छात्र÷छात्राहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा भगवती माविकी छात्रा निकिता भुजेल प्रथम, जलकन्या माविका छात्र गगन भुर्तेल द्धितिय, जनज्योति मावि फोस्रेटारका छात्रा गगन तिमल्सिना तृतिय र सान्त्वना भएका छन । विजयी प्रतियोगीहरुलाई प्रमाण पत्र र सम्मान गरिएको छ ।






















