सिन्धुली/कमलामाई नगरपालिका कार्यालयको लागनीमा सिन्धुलमाढी बजारमा सिसि टिभि जडान गरिएको छ ।
कलमाई नगरपालिकाको १ करोड १६ लाखको लागतमा नगरक्षेत्रको धुराबजार, एक नम्वर बजार, दुई नम्वर बजार, स्टलबजार, हस्पिटलरोड, शान्तिनगर, देखि शिवनगरसम्मको क्षेत्रमा सिसिटिभि जडान गरिएको हो ।
बजार क्षेत्रका जडान गरिएको सिसिटिभिको मोनिटर भने जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयमा राखिएको मोनिटरबाट सिन्धुलीमाढी बजारको अवलोकन र शान्ति नगरदेखि शिव नगरसम्मको सडकको समेत निगरानी हुने छ ।
नगर क्षेत्रमा जडान गरिएको सिसिटिभिको सोमवार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख खड्गवहादुर खत्रीले उद्धघाट्न गरेका हुन । हाल नगरपालिकाका यी क्षेत्रमा २८ वटा सिसिक्यामेरा जडान गरिएको र आगामी बर्ष यसको संख्या थप गर्दै लैजाने नगरप्रमुख खत्रीले बताए । नगरक्षेत्रमा बढ्दै गाएको सडक दुर्घटना, चोरी , डकैती , लागु औषध दुव्र्यसनीको निगरानी गर्न सहज हुने नगरप्रमुख खत्रीले बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले नगरपालिकाले हालै ल्याएको स्मार्ट सिटिको लागी सिसिटिभि पनि एक अभिन्न काम भएकाले यसले आगमी दिनमा स्मार्ट सिटि बनाउने अभियानमा थप सहजता पैदा गर्ने बताए । उनले सिसिटिभि जडान पछि बजार क्षेत्रमा हुने अपराधीका घट्ना तथा गतिविधिमा कमी आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक चक्रबहादुर सिंह, प्रहरी नायव उपरिक्षक लोकदर्शन थापा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।





















