सिन्धु्ली । विपि कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीले बुधबार साँझ सिन्धुलीमाढीमा दीप प्रज्वलन गरेको छ । नेपाली काँंग्रेसका संस्थापक विपी कोइरालाको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेकाले नेपाली कांग्रेसले विपिको सिन्दान्तलाई आत्मासाथ गरेको उनको भनाई थियो । वि सं १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका वीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।




















