
जिल्लाको दुधौली नगरपालिका–१४ मा बुधवार विहान लाखु कोप्चे खोलामा आएको बाढीले आईतसिंह तामाङ र कृष्ण तामाङको घर गोठ सहित किराना पसल समेत बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । अन्न चार जना घरपरिवार विस्थपित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमवार दिउसो देखि परेको अविरल बर्षात पछि लाखु कोप्चे खोलामा आएको बाढिले दुधौलि नगरपालिका–१४ लाखु कोप्चेका आईत सिहं तामाङ्गको गोठ,भान्साघर र किराना पसलको सामानहरु भांडा वर्तन,लत्ता कपडा समेत बगाएको प्रहरीले बताएको छ । बाढीले तामाङ सवा तीन लाख बढीको क्षति प¥याएको प्रहरीले बताएको छ ।
बाढीले सोही स्थानका कृष्ण तामाङ्गको घर र गोठ पनि बगाएको स्थानीयले बताएका छन । बाढीले नेमा सिहं तामाङ्गको गोठ भत्काएको छ । भने ५ कठ्ठा धानखेत पुरिएको छ । बाढीले लिल बहादुर तामाङ्गको आठ कठ्ठा खेत बगाएको छ, बाढीले चन्द्र बहादुर आले मगरको– १२ कठ्ठा, धन बहादुर.कामिको गोठ र शौचालय बगाएको,घरको आधा भाग खोलाले बगाई सकेको प्रहरीले बताएको छ । सोही बाढीले खम बहादुर तामाङ्गको घर बाढिको जोखिममा रहेको,भान्सा कोठा भांडा बर्तन र खेत समेत बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रवहादुर सिंहले बताएका छन ।
बगाएको,१ बिघा नम्बरी धानखेत पुरेको ।
बाढीले बस्ने धन बहादुर राईको १० कठ्ठा खेत, सुक्र राईको १० कठ्ठा, कमल कार्किको ५ कठ्ठा, मङगल बहादुर तामाङगको घर पहिरोको जोखिममा रहेको र खेत समेत बगाएको सिंहले बताए । निल बहादुर.कटुवालको ७ कठ्ठा खेत बगाएको छ । टिका कुमारी कत्रीको घर बाढिको जोखिममा रहेको उनले बताए । बेतराज राउतको २६ कठ्ठा चन्द्र बहादुर कटुवालको डेढ विगहा, परी माया तामाङगको ४ कठ्ठा, रण बहादुर राना मगर को ४ कठ्ठा खेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सिंहले बताए ।




















