सिन्धुली । अविरल वर्षाका कारण पहिरो जाँदा आईतबार राती गोलञ्जोर गाउँपालिका वडा नं. ४ तिनकन्या बेखटाँडीमा पहिरो गएको छ ।
पहिरोले हेमबहादुर मगरको घर पुरिएको छ । पहिरोले घर पुरिँदा एकजना घाईते भएका छन् ।
पहिरोले घर पुरिँदा हेमबहादुर मगर घरभित्रै पुरिएर घाईते भएका हुन् । उनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु, स्थानीयबासीहरुको टोलीले उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याएका छन् । उनको उपचार भईरहेको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















