सिन्धुली । मदनभण्डारी राजमार्गमा शनिबार भएको दुर्घटनामा दुई जना घाईते भएका छन् । मरिण गाउँपालिका वडा नं. ६ धमिले बजारमा पार्किङ गरी राखेको प्र२–०३–००१ स ८४४६ नं.को ट्याम्पुमा मरिण छापबाट नयाँबस्तीतर्फ जाँदै गरेको बा ८८ प ६६२१ नं.को मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाईते भएका हुन् ।
घाईते हुनेमा मोटरसाईकल चालक मरिण गाउँपालिका वडा नं. ७ का अनिल माझी र उनको पछाडी सवार रहेका मरिण गाउँपालिका ५ का नवराज माझी रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ ।




















