सिन्धुली । जनज्योति माध्यमिक विद्यालय कमलामाई नगरपालिका –५, फोस्रेटारका डिप्लोमा इन एग्रीकल्चर (आइ एस्सी एजी) तर्फका विद्यार्थीहरुले सुरक्षीत वातावरणमा पठनपाठन हुनुपर्ने माग राख्दै विद्यालय प्रशासन तथा सम्पूर्ण कक्षाहरुमा तालाबन्दी गरेका छन् ।
शुक्रबार विद्यालय आउने क्रममा आइ एस्सी एजी प्रथम वर्षमा अध्ययनरत छात्र प्रनिस फुयालमाथि भएको कुटपीट तथा दुव्र्यवहारबाट आफूहरु त्रस्त भएको भन्दै आफूहरु सुरक्षीत वातावरणको विद्यालय बन्द गर्न बाध्य भएको विद्यार्थीहरुले बताएका छन् ।
कुटपीटबाट घाइते भएका फुयालको थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । फुयालको नाक भाँचिएको जानकारी प्राप्त भएको एक विद्यार्थीले जानकारी दिएका छन् ।
विद्यालयका प्रचार्य भीम विक्रम थापाले विद्यालय पोशाकमा विद्यालयमा आइरहेको विद्यार्थीमाथि भएको उक्त दुव्र्यवहार अत्यन्त दुःखद भएको बताएका छन् । सत्य तथ्यको छानविन गरी जो दोषी हो, त्यसउपर कारवाही प्रक्रिया अगाडि बढाउनका लागि शनिबार दिउसो २ बजे विद्यालयमा बैठक राखीएको उनले जानकारी दिए ।























