सिन्धुली । सशक्त महिला पत्रकार, समृद्ध राष्ट्र र सञ्चार भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ महिला समितिको आयोजनामा चितवनको पटिहानीमा भएको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनलेसरकारी संचार माध्यम, आयोग, समिति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको माग सहित घोषणापत्र जारी गरि सम्मेलन सकेको हो ।
जारी गरिएको घोषणापत्रमा पत्रकार महिलाको क्षमता, दक्षता अभिबृद्धिको लागि आधारभूत र विषयगत तालिम, पत्रकार महिलाको भौतिक र पेशागत सुरक्षाको सुनिश्चिता र पेशागत स्थायित्वका लागि उचित वातावरण निर्माणको माग गरिएको छ ।
त्यस्तै सम्मेलनले श्रम ऐनले व्यवस्था गरेका सुविधा लागु गराउन सञ्चारमाध्यममा आन्तरिक लैंगिक नीति बनाई कार्यान्वयन गराउन माग गरेको छ ।

सम्मेलनल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरी अध्यक्ष वा महासचिव एक जना महिला हुनुपर्ने अनिवार्य व्यवस्था हुने गरी संशोधन गर्न माग गरिएको छ । यस्तै पत्रकार महिलाका विशेष अवस्थालाई मध्यनजर गर्दै संचार माध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य व्यवस्था गर्न र सरकारले व्यवस्था गरेको सुत्केरी बिदालाई पाँच महिना पु¥याउन नीतिगत निर्णय गर्न समेत माग गरिएको छ । सुत्केरी विदाको कारण महिला पत्रकारको पद यथावत बनाउन र पदोन्नतीमा बाधा नगर्न समेत घोषणापत्रमा आग्रह गरिएको छ । माघ १६ गतेदेखि सुरु भएको सम्मेलनमा देशभरका पत्रकार महासंघका शाखाका उपाध्यक्ष, प्रदेश शाखाका पदाधिकारी तथा अग्रज पत्रकार महिलाको सहभागिता थियो ।





















