सिन्धुली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनमा सिन्धुलीमाढीमा दीप प्रज्वलन गरिएको छ । लैंगिक हिंसा विरुद्ध शुन्य सहनशिलता कायम गर्न आह्वान गर्दै जुनार चोकमा दीप प्रज्वलन गरि अभियानको समापन गरिएको हो ।
महिला हिंसा विरुद्धको दिवस नोभेम्वर २५ देखि सुरु भएको अभियान अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा दीप प्रज्वलन गरि समापन गरिएको हो ।
कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारीहरु, सञ्चारकर्मीहरु, अधिकारकारकर्मीहरु, संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु लगाएतको सहभागितामा दीप प्रज्वलन गरि अभियानको समापन गरिएको हो ।
समापनमा बोल्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले लैंगिक हिंसा विरुद्धको अभियान वर्षभरी नै चल्ने भएकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताईन् ।





















