सिन्धुली । पछिल्लो समय सिन्धुलीमा आत्महत्याको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक हेर्दा हरेक महिना आत्महत्या गर्नेको संख्या बढ्दो देखिएको छ ।
साउन, भदौ, असोज र कार्तिक महिनामा २५ जनाले आत्महत्या गरेका छन् । २५ जनामध्ये २३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने २ जनाले विष सेवन गरेका छन् ।
साउन महिनामा ३ जना, भदौ महिनामा ५ जना, असोज महिनामा ७ जना र कार्तिक महिनामा ८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले बताएका छन् ।
पछिल्लो आर्थिक वर्षमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको सुवेदीले बताएका छन् ।



















