सिन्धुली । जेनजी आन्दालनका क्रममा कार्यालयमा आगजनी भई कार्यालयमा भएका फर्निचर, विद्युतिय सामग्रीमा क्षति पुगि कार्यालय सञ्चालन गर्न नसकेका जिल्ला प्रशासन कार्यालय सिन्धुली र सिन्धुली जिल्ला अदालतलाई हरिहरपुरगढी गाउँपालिका सिन्धुलीले टेवल, कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा र प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य प्रशासन र अदालतमै पुगेर सामग्री हस्तान्तरण गरेका हुन ।
दुई वटै कार्यालयलाई एक/एक थान कम्प्युटर, प्रिन्टर र टेवल हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष वाईवाले जानकारी दिए ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालयमा तोडफोड तथा आगजनी हुँदा कार्यालयको फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएका थिए । कार्यालय सञ्चालनमा सहजता ल्याउन उक्त सामग्री हस्तान्तरण गरिएको वाईवाले बताए ।





















