• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘झोले’ हैन सत्य पक्षधर, कर्तव्यनिष्ट, विवेकशिल र इमान्दार बन्नुस

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २१, २०८२
in Featured, News, Opinion, Province 3
0

Share via:

152 Shares
  • Facebook 152
  • Twitter
  • LinkedIn
  • More

नेपाली राजनीति र सामाजिक सञ्जालमा यतिबेला म झोले हुँ भन्ने अभियानले चर्चा पाएको छ । सत्तारुढ दल नेकपा एमालेले चलाएको यो अभियानले नेतादेखि कार्यकर्तासम्म सबैलाई झोले बनाएको छ । झोले शब्द, यसको अर्थ, सान्दर्भिकता र आम नेपालीको बुझाईले अभियानलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न बाध्य बनाएको छ ।

‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ ले झोले शब्दलाई तीन अर्थमा व्याख्या गर्छ । जसलाई राजनीतिक रुपमा पनि त्यसै गरि नै व्याख्या गरेको देखिन्छ । वास्तविक अर्थ र आम नेपालीको बुझाईमा लाग्ने अर्थले सकारात्मक र नकारात्मक दुवै पाटोबाट यसलाई विश्लेषण गर्न जरुरी छ भन्ने देखिएको छ । नेपाली शब्दकोषको अर्थ र नेपाली राजनीतिमा झोले शब्दलाई बुझिने अर्थ हेरौं ।

१. अर्काको झोला बोक्ने 
नेपाली राजनीतिमा अहिले यो शब्द र अर्थलाई नेताको झोला बोक्ने अर्थात पिछा गर्ने बुझाउँछ । आम नागरिकले यस प्रकारको झोलेलाई विवेकहिन तरिकाले अरुको भारी बोक्नु भन्ने बुझिरहेका छन । झोला खासमा सामान राख्ने र बोक्ने सामग्री हो जो बोक्न मिल्छ तर राजनीतिमा यसलाई व्यंग्यका रुपमा लिईन्छ । नेताको पछि लाग्ने, आफ्नो विवेक, क्षमताको प्रयोग नगर्ने, सहि वा गलत नछुट्याउने अर्थमा झोले शब्दलाई प्रयोग गरेको पाईन्छ ।

२. झोल भएको, रसदार
यसको अर्थ रसिलो वा झोल भएको हो तर राजनीतिमा तरल अर्थात अडान नभएको, विश्वास नभएको र जता पनि पोखिने, जस्तो आकारमा हाल्यो त्यस्तै आकार दिने अर्थमा झोले शब्द प्रयोग भईरहेको छ ।

३. झोला भिरेर हिँड्ने 
सधै झोला भिरेर हिड्ने, गधाको जस्तो सकि नसकी भारी बोक्ने अर्थमा यसलाई लिएको देखिन्छ । राजनीतिक आस्था, विचार, सिद्धान्त बोकेर राजनीतिमा होमिएका भन्दा पनि नेताको झोला बोकेर हस भन्दै जय जयकार गाउनुमा पछिल्लो समयका कार्यकर्ताहरुको प्रभाव र रुचि देखिन्छ । विचार, सिद्धान्त र मार्गदर्शन विना नेताको झोला मात्र बोक्दा पार्टी एकातिर, उद्देश्य एकातिर, देशको आवश्यकता अर्कोतिर रहन्छन र सत्ता, पदको स्वार्थका लागि जति तल्लो स्तरसम्म पनि कार्यकर्ता झुक्ने भएकाले यसलाई नेपाली समाजले पछिल्लो समय झोलेको संज्ञा दिईरहेको छ ।

पुरै समय राजनीतिक पार्टीको जिम्मेवारीमा लाग्नेहरुलाई झोले शब्दले आजकाल व्यंग्य गरिरहेको छ । इमान्दार र लगाव सहितका कार्यकर्ता जन्माउन कुनै पनि राजनीतिक दलले सकेका छैनन । सामाजिक सञ्जालमा झोला बोकेको नाटक गर्दै आफ्नो स्वार्थ पुरा गर्ने कार्यकर्ताको भिड जम्मा गरेका छन । बैचारिक निखारता विना आएका कार्यकर्ताका कारण पछिल्लो समय राजनीतिमा वितृष्णा पैदा भएको तथ्य सबैले स्वीकार गर्नुपर्छ ।

सहि वा गलत के हो भनि नबुझी अन्धो भएर समर्थन गरेर कोहि झोले त भएका होलान तर इमान्दारीता, योगदानको अवमुल्यनले हरेक राजनीतिक दलमा समस्या सृजना गरेको छ ।

अब म हनुमान, म अन्धभक्त, म कायर, म नेतृत्वको टाङमुनी लुक्ने, म विवेकहिन प्राणी, म दिमाग नचल्ने प्राणी भन्ने अभियान खोजिएको हो भने यो अभियान ठीक भनौंला । यस्ता अभियान आफैले आफैलाई कमजोर बनाउँदै लाने हतियारका रुपमा प्रयोग त भएका छैनन ? विश्लेषण आवश्यक हो की ?

पछिल्लो समय नेपाली राजनीतिमा अवसरका लागि दल बदल पद हत्याउको अभियान चलिरहँदा इमान्दार, लगाव र योगदान रहेका धेरै नेता कार्यकर्ताहरुले पार्टी राजनीतिमा आफुलाई विस्थापित गर्दै लान थालेका छन । राजनीतिमा अवसरवाद र दल वदल प्रवृतिले नेपाली राजनीतिमा वितृष्णा छाएको छ । पार्टीका नीति सिद्धान्त, विचारहरु ओझेलमा परिरहेका सन्दर्भमा आएको झोले अभियानले देशको झोले, पार्टीको झोले हैन व्यक्तिको झोलेको रुपमा अर्थ लगाईरहेको छ ।

प्रवृतिमा सुधार भए ‘म झोले’ भन्नै पर्दैन । राजनीतिक आस्था विश्वास बोकेकाले देशलाई माया गर्नेले आफ्नो जहाँ भूमिका छ त्यहाँ सकेसम्मको राम्रो काम गरे हुन्न र ? म झोले भनेर कुर्लिनुभन्दा पार्टीमै काम गर्ने हो भने इमान्दारिताका साथ जिम्मेवारी पुरा गरे हुन्न र ?
सत्ता, पद वा आर्थिक लाभको लागि आफ्नो सिद्धान्त परिवर्तन गर्ने, ठूलो पार्टी वा सरकारसँग जोडिने, जुन पार्टी सत्तामा हुन्छ, त्यसमा गएर आफ्नो प्रभाव बढाउने गरिरहँदा ‘म झोले हुँ’ भन्दा नागरिकले के बुझ्ने ?

कहिलेकाहीँ अहिले ‘म झोले’ भन्ने नेताहरूले दल बदलेर सरकार बनाउन वा ढाल्न मद्दत गरेका छन् । राजनीतिक अस्थिरता ल्याउन आफुले गरेका कामको समिक्षा गर्ने की ? सत्ता हत्याउन विचार, सिद्धान्तलाई तिलाञ्जली दिंदै सत्ता साझेदार बनेका हामीले देखेका छौं । कम्युनिष्ट आचारण र दक्षिणपन्थी आचरण कुन नैतिकताको थियो ? सत्तामा साझेदारमा वामपन्थी, दक्षिणपन्थी विचार एकै ठाउँ हुँदा कार्यकर्ता को कसको झोले बन्ने ? युद्धबाट आएको पक्ष र शान्तीको पक्षधर पार्टी एकता र विग्रह हुँदा कार्यकर्ता कसको झोले बन्ने ? के युद्धमा रेटिएका, पीडा भोगेकाले पीडा दिनेहरुको झोले बन्न सकेका थिए ? नेपाली राजनीतिमा पछिल्ला यस्ता पार्टीका गतिविधिले जनतामा ल्याएको निराशा चिर्ने की फेरी म झोले भन्दै हिड्ने ?

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पछिल्लो राजनीतिक विकास क्रममा यस्ता धेरै समस्या छन जसले कोहि कसैलाई झोले बन्ने अवसर समेत दिएको छैन । पूँजीवादी विचारधारा र समाजवादी विचारधाराको फ्युजन हो अहिलेको नेपालको राजनीति । त्यसैले कोहि पनि झोले छैनन । राजनीति लहड हैन जहाँ जस्ता अभियान आउँछन विवेकहिन बनेर समर्थन र विरोध गरौं । यो प्रश्न गर्न अब आफ्नै कार्यकर्ताले आफ्ना पार्टीहरुलाई किन भन्न सक्नु हुन्न ?

जति नै म झोले भनेर नेताको राम्रो बन्ने होडबाजी गरे पनि यसले जनताको विश्वास बढाउने हैन घटाउँछ । नीतिगत निरन्तरतामा असर पर्छ भन्ने बुझ्ने की ?

अब कार्यकर्तालाई झोले बनाउने हैन । समय अनुसार नीति निर्माण गर्न र कार्यान्वयन गर्न सक्ने, नेपालको आर्थिक संमृद्धिमा जोड्ने सक्षम नागरिक बनाउने हो । दक्ष नागरिक उत्पादन र श्रम नेपालमा खर्चने वातावरण बनाउने हो । समाजमा आएका विकृतिहरुलाई निर्मुल गर्नु अबको दायित्व हो । जब देशलाई सहि दिशामा लान सकिन्छ र समय अनुकुलको नीति, कार्यक्रम, सिद्धान्तलाई अगाडि बढाईन्छ तब झोले भनेर प्रमाणित गर्ने आवश्यकता पर्दैन । सत्य सत्य नै हो जसलाई झुटो जसरी हजारौं जमातले हजारौं पटक सावित गर्नु पर्दैन भन्ने कुरा बुझेर अगाडि बढ्दा हुँदैन र ?

सामाजिक सञ्जालका गालीलाई लिएर जिम्मेवार राजनीतिक दलले चलाउने यो अभियानले मुलुक बन्छ की राजनीतिमा चाहिने विषयगत अध्ययन, चिन्तनमनन, आचरण, इमान, निष्ठाका साथ सबैले जिम्मेवारी पुरा गर्ने र व्यवहार र विचार परिस्कृत गर्दै लाने योजना आवश्यक हुन्छ ? विचार गर्नु पर्ने हैन र ?

देश बनाउनुपर्छ म पनि योगदान दिन्छु भनेर जनता आकर्षित गर्न नसक्ने, जात, लिंग, वर्ग, धर्म, क्षेत्र आदिका आधारमा भेदभाव नचाहने समानताको पक्षपाती बनाउन कार्यकर्तालाई नसक्ने, अपराधका शृंखलामा कार्यकर्ता संरक्षण गर्दै जाने, दण्डहिनता र अन्यायका विरुद्ध कार्यकर्तालाई नउभ्याउने, आफ्नै पार्टी र संगठनमा अनुशासन कायम गर्न नसक्ने, गुटउपगुट सृजना गर्ने, विलासिता, अपारदर्शिता, गलत आचारण, भ्रष्टाचारमा संलग्न कार्यकर्तालाई अनुशासनको लगाम लगाउन नसक्ने हो भने झोले शब्द आफैमा राम्रो हुँदा हुँदै पनि त्यसैले आफैलाई व्यंग्य गर्ने छ ।

अब झोले अभियानबाट अगाडि बढ्ने कल्पना गर्ने हैन, जनमतसँग नजिकै रहनुपर्छ, जनताको दुःख, पीडा, अपेक्षा आदि बुझ्न सक्ने बन्ने जमातको विकास गर्नुपर्छ । हजारजना विवेकहिन सदस्य भन्दा एक सय जना स्वाभिमानी समर्थक हुनु अत्यन्त सान्दर्भिक हुन्छ । व्यक्ति स्वयंको व्यवहारमा पनि स्वार्थ र विभेदरहित व्यक्तित्व विकासको पक्षधरता हुनुपर्छ । सामाजिक न्याय, समानता र बहुसंख्यक जनमतको भलोको पक्षमा काम गर्नुपर्छ भन्ने कार्यकर्ता जन्माउनु राजनीतिक दलका लागि फाईदा होला की ? यो सँगै बढ्दै गएको नकरात्मक चिन्तनलाई चिर्न र सकरात्मक सन्देश प्रवाह गर्ने गरि योजनामा लाग्नुपर्ला की ? – साझा नेपाल साप्ताहिकबाट

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लेखा समूहद्वारा तेजबहादुरको उपचारमा सहयोग

Next Post

सिन्धुलीमा विभिन्न कार्यक्रम गरि मनाईयो वातावरण दिवस

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied