सिन्धुली । हरिहरपुरगढीमा सोलारको व्याट्री पड्केर सोमबार आगलागी भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ गुडखोला का डिल बहादुर पुलामी मगरको घरमा सोमबार दिउँसो आगलागी भएको हो ।
आगलागीबाट मगरको काठ र बाँसले बनेको खरले छाएको एक तले घर जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
उनका अनुसार आगलागीबाट घरभित्र रहेको २५ मुरी मकै, ३० मुरी धान, १५ मुरी कोदो, लत्ता कपडा, भाँडाकुँडा जलेको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















