सिन्धुली । सोमबार हरिहरपुरगढीमा चट्याङ एकजना घाईते भएका छन । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ बडरे बस्ने १९ वर्षिय मनराज गोले चट्याङ लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
दिउँसो पौने पाँचबजे तिर परेको चट्याङबाट घाईते भएका गोलेको स्थानीय स्वास्थ्य चौकी वडरेमा उपचारपछि थप उपचारका लागि हेटौडा पठाईएको छ ।
चट्याङबाट गोलेको एक वटा बाख्रा समेत मरेको डिएसपी सुवेदीले जानकारी दिएका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















