सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. २ साखाजोरमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो घाँस काट्न गएका तीनपाटन गाउँपालिका वडा नं. २ साखाजोरका ३५ वर्षिय तोरण बहादुर रखालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनलाई आइतबार दिउँसो जंगलमा मृत अवस्थामा फेला पारिएको थियो ।
घरबाट एक किलोमिटर नजिकै रहेको जंगलमा रुखबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाँस काट्न जान्छु भनि गएको र घरमा नआएपछि उनको खोजी गरिएको थियो ।




















