सिन्धुली । नेपाल निजामती कार्मचारी संगठनले पालिका स्तरीय अधिवेशन सुरु गरेको छ । शनिबार संगठनले दुई वटा पालिकामा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
पालिका स्तरीय अधिवेशनबाट फिक्कल गाउँपालिकामा नारायण अधिकारी र गोलञ्जोर गाउँपालिकामा सिर्जना थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन ।
नेपाल निजामती कार्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम मगरको अध्यक्षता तथा संगठनका केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट फिक्कल गाउँपालिकामा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्वाचित भएको छ ।
जसको उपाध्यक्षमा लेखनाथ फुयाँल, सचिवमा रमेश कार्की, कोषाध्यक्षमा सानु पौडेल निर्वाचित भएका छन भने सदस्यहरुमा बद्री गौतम, गोविन्द शाही, दिल कुमारी राना, धनकुमारी सुनुवार, तुलसा लामिछाने, फणिन्द्र पहाडी, चेतप्रसाद काफ्ले, हिरालाल मगर र गुणराज पहाडी निर्वाचित भएका छन ।
यस्तै गोलञ्जोर गाउँपालिकामा थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा भावना अधिकारी, सचिवमा देवी प्रसाद पहाडी, कोषाध्यक्षमा यमन श्रेष्ठ निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा दिपक थापा, गोपाल मंग्राती, भास्कर थापा, हिरा राना मगर, हिमाल श्रेष्ठ, विनिता मगर निर्वाचित भएको संगठनका जिल्ला अध्यक्ष पदम मगरले बताएका छन ।






















