सिन्धुली । पुष २९ गते मदनभण्डारी राजमार्ग अन्तर्गत मरिणको सखौरीमा भएको मोटरसाइकल दुर्घटनाका घाईतेको शुक्रबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका मरिण गाउँपालिका वडा नंं २ का ३७ वर्षिय राम बहादुर ठाडा मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मगरको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको हो ।
हेटौँडाबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र२–०२–००३प९०८३ नम्बरको मोटरसाइकल तिव्र गतीका कारण अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका थिए । अन्य दुई जना घाईतेको ट्रमा सेन्टर काठमाडौमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात घाइतेहरुलाई उपचारकालागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको थियो ।




















