सिन्धुली । प्रेस सेन्टर नेपाल सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न सेन्टरको आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट नेपाली सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन ।
नेपालीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । जसको उपाध्यक्षमा संगिता डिम्दोङ र प्रतिमा विसी निर्वाचित भएका छन ।
यस्तै सचिवमा मनोज दाहाल, सहसचिवमा महेश ठटाल र विर्ख बहादुर वाईवा, कोषाध्यक्षमा विशाल सतशंकर निर्वाचित भएका छन ।
यसैगरी सदस्यमा आस्था वि.क, उर्मिला दियाली, मोतिलाल घोले, कविराज तामाङ, पवित्रा कुमारी श्रेष्ठ र जीवन दर्लामी निर्वाचित भएका छन ।





















