सिन्धुली । नेपाल आदिवासी जनजाती महांघ (फोनिज) सिन्धुलीको अध्यक्षमा रोहित कुमार गुरुङ पुनः निर्वाचित भएका छन ।
शनिबार सिन्धुलीमाढीमा सम्पन्न फोनिजको सातौं साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।
अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमल सरला सुनुवार, सचिवमा कल्पना भुजेल, कोषाध्यक्षमा जिवी श्रेष्ठ, सहसचिवमा संगिता डिम्दोङ निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा गोमा श्रेष्ठ, पुनम सुनुवार, गुणमाया मगर, आदित्य लामा, बिमला रजन मगर (झलकुमारी), राजकुमार श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, र नानुका तामाङ निर्वाचित भएका छन ।





















