सिन्धुली । सोमबार विपी राजमार्गमा भएका फरक फरक सवारी दुर्घटनामा परि ३ जना घाईते भएका छन । सुनकोशी ५ रिठ्ठेभिर र कमलामाई नगरपालिका ९ नयाँबस्तीमा भएका दुई दुर्घटनामा तीन जना घाईते भएका हुन ।
विपी राजमार्ग अन्तर्गत भिमानको नयाँ वस्तीमा नम्बर पहिचान नभएको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री कनपा ९ नयाँ वस्तीका ७१ बर्षिय सुकराम माझी घाईते भएका हुन । माझीको उपचार वर्दिबासमा भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार नै सुनकोशी गाउँपालिका वडा नं. ५ रिठ्ठेभिरमा दुई वटा मोटरसाईकल ठोक्किदा २ जना घाईते भएका छन । उदयपुरबाट काठमान्डौतर्फ जाँदै गरेको वा९२प६७४५ नम्बरको मोटरसाईकल र काभ्रेको बनेपाबाट रामेछापको मन्थलीतर्फ आउँदै गरेको बा प्र ०२–०४१प६१४६ नम्बरको मोटरसाईकल ठोक्दिा दुई जना घाईते भएका हुन ।
घाईते हुनेमा बा प्र ०२–०४१प६१४६ नम्बरको मोटरसाईकलको पछाडी सवार रहेका २५ वर्षिय संगिता श्रेष्ठ र उनका छोरा ४ वर्षका आरभ्य श्रेष्ठ रहेका छन । घाईते दुवै जनालाई खाल्टेमा रहेको स्थानीय मेडिकलमा उपचार पछि काठमान्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना श्रीमान युवराजसँग मन्थली तर्फ जाँदै थिए ।
अन्य गाडीलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ । दुवै मोटरसाईकलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।




















