सिन्धुली । जंगलमा दाउरा काट्न जंगलमा जाने क्रममा चिप्लेर लड्दा मरिणमा एक जना घाईते भएका छन । सोमबार विहान मरिण गाउँपालिका ३ मथौलीका ४२ वर्षिय कुल बहादुर श्रेष्ठ जंगल जाने क्रममा बाटोमा चिप्लेर लडेका हुन ।
उनी घर नजिकैको भालुखोला सामुदायिक वनमा दाउरा काट्न गएका थिए । श्रेष्ठ लडेपछि उनीसँगै गएका कान्छा छोरा निर्मल श्रेष्ठले फोन गरि घरमा खबर गरेका थिए ।
घाईतेलाई परिवार तथा स्थानीय गई उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याएका छन ।
सोहि अस्पतालमा घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेको गाला र ढाडमा चोट लागेको छ ।




















