• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

समानुपातिक निर्वाचन प्रणाली : अवधारणा र अभ्यासमा अन्तर

बिमला पाण्डे by बिमला पाण्डे
पुस १७, २०८२
in Featured, Opinion, Politics, Province 3
0

Share via:

6 Shares
  • Facebook 6
  • Twitter
  • LinkedIn
  • More

नेपालमा २०६२/०६३ को जनआन्दोलनपछि समावेशी लोकतन्त्रको आवाज निकै उठ्यो सोहि मागलाई सम्बोधन गर्दै अन्तरिम संविधान २०६३ मा दुई खालका निर्वाचन प्रणालीको व्यवस्था गरियो । समावेशी लोकतन्त्रको अभ्यास गर्ने क्रममा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरियो । पहिलो संविधानसभाको निर्वाचन २०६४ बाट यो प्रणाली लागु पनि भयो ।

बिमला पाण्डे

राज्यको पहुँचमा दलित, जनजाती, महिला, अल्पसंख्यक, पिछडिएको क्षेत्रलाई समावेश गर्ने र मूलधारमा ल्याउने उद्देश्य सहित यो प्रणाली अबलम्बन गरि कार्यान्वयनमा ल्याईयो । जुन प्रणालीलाई नेपालको संविधान २०७२ ले आत्मसात ग¥यो । संघिय लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा नेपालले यसलाई तीनै तहमा कार्यान्वयनमा ल्यायो ।
समानुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दललाई भोट हालिन्छ । प्रत्यक्षमा उमेदवारलाई भोट हालिन्छ । समानुपातिक निर्वाचन प्रणाली राजनीतिक दलले पाएको कुल मतको अनुपातमा प्रतिनिधि चयन हुने प्रणाली भएकाले यो साना दलहरुलाई समेत मतको आधारमा सिट सुरक्षित गर्ने प्रणालीका रुपमा लिईन्छ ।
नेपालको संविधान २०७२ निर्माणपछि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रयोग भईरहेको छ । स्थानीय तहमा कोटा निर्धारण गरि प्रत्यक्ष निर्वाचित हुन्छन् भने कार्यपालिकामा समानुपातिक अवधारणालाई अवलम्बन गरिन्छ । यतिबेला नेपाल निर्वाचनको पूर्वसन्ध्यामा छ । जेनजी आन्दोलनपछि निर्वाचित संसद (प्रतिनिधिसभा) विघटन भएको छ । आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको छ । त्यहि निर्वाचनको सेरोफेरोमा समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्न उठ्ने गरि बहस सृजना भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा २७५ जना सदस्यहरु निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रत्यक्षतर्फ १६५ जना निर्वाचित हुनेछन् भने समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन् । दलहरुले अहिले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचि आयोगमा बुझाएका छन् । बन्दसूचिमा रहेका उमेदवारहरुको सवाल र समावेशी लोकतन्त्रको सन्दर्भमा यतिबेला बहस सृजना हुनु स्वभाविक पनि हो ।

महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उक्त सूचिमा दलहरुले आफ्ना नजिकका नातेदार, आफन्त, पटक पटक अवसर पाएका र प्रत्यक्षमा चुनाव लड्न नसक्नेहरुका सूचि बनाएर पेश गरे । पुरानाले भन्दा नयाँले समावेशी लोकतन्त्रको सिद्धान्त र समानुपातिक निर्वाचन प्रणालीको हुर्मत लिने गरि लिस्ट बुझाए । यसले समावेशितालाई नै संकटमा पारेको महसुस हुन थालेको छ । त्यति मात्र हैन यसले संविधानको समावेशी लोकतन्त्रको व्यवस्थालाई नै चुनौती दिएको छ । नयाँको यो प्रणालीप्रतिको बुझाई झनै कमजोर रहेको पुष्टि गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीको अवधारणा अनुसार कार्यान्वयनको अवस्था कमजोर रहेको बहस यसअघि पनि नचलेका हैनन् । यो व्यवस्था आंशिक रूपमा सफल भए पनि पूर्ण कार्यान्वयनमा चुनौती देखिएकै छन् । त्यहि चुनौतीपूर्ण अवस्था नै अहिलेको बहस हो ।

सबै वर्ग, जाति, क्षेत्र र लिंगको समान प्रतिनिधित्व, मतको आधारमा न्यायोचित सिट वितरण, राजनीतिक वहिष्करणको अन्त्य र जनताको मतको सदुपयोग यो प्रणालीको राम्रो पक्ष हो ।

समानुपातिक निर्वाचन प्रणालीका सकारात्मक पक्षमा राजनीतिक मुलधारमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम जस्ता वर्गको उल्लेख्य उपस्थिति हो । नीति निर्माणमा ती वर्गका आवाज सजिलै पुराउन सकियोस् । तर कार्यान्वयनमा त्यतिकै चुनौती देखिएका छन् ।

दलका नेतृत्वले आफ्ना नजिकका व्यक्तिलाई सूचिमा प्राथमिकता दिने प्रवृति सबैभन्दा बढी विवादित छ । दलहरुले यो विषयमा गम्भिर हुन आवश्यक छ । समानुपातिक सांसदहरू जनताप्रति प्रत्यक्ष रूपमा कम जवाफदेहि र दलप्रति बढी जवाफदेहि बनेको आरोप पनि छ । वास्तविक रूपमा पछाडि परेका समुदायभन्दा पहुँच भएका व्यक्तिहरू दोहोरिरहने प्रवृतिले पनि राजनीतिक वृतमा वितृष्णा पैदा गरेको छ । समानुपातिक प्रणालीलाई पद बाँडफाँड र नेता व्यवस्थापनको पाटोका रुपमा मात्र हेरिनुले प्रणालीमाथि प्रश्न उठिरहेको छ ।

कानुनी र संस्थागत कमजोरीहरु पनि छन् जुन सुधार गर्नुपर्ने आवश्यकता छ । बन्द सूचिका कारण मतदाताले दलसँगै व्यक्ति छान्न पाएका छैनन् । दलहरुले सूचिको रोलक्रम अनुसार सांसद छनौट प्रक्रियामा पारदर्शिता समेत देखाउन नसक्दा पनि समस्या सृजना हुने गरेको छ । समावेशीताको मर्मभन्दा औपचारिकतामा कोटा पुराउने प्रवृतिलाई परिवर्तन गर्न जरुरी छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अवधारणागत रूपमा समानुपातिक निर्वाचन प्रणाली समावेशी लोकतन्त्रका लागि अत्यन्त आवश्यक छ । तर नेपालमा यसको कार्यान्वयन उद्देश्यभन्दा व्यवहारिक पक्ष कमजोर छ । दलिय राजनीतिमा निकटता, परिवार तथा नातावाद हावी हुने हुँदा समस्या सृजना भईरहेको छ । प्रणाली आउनु मात्र सबै कुरा हैन यसलाई समयअनुकुल सुधार बिना यसले जनअपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न सक्ने अवस्था समेत छैन । जसका लागि खुला सूची प्रणालीतर्फ छलफल आवश्यक छ । समानुपातिक सांसदको जवाफदेहिता सुनिश्चित गर्ने व्यवस्था गर्न आवश्यक छ । वास्तविक रूपमा मूलधारको राजनीतिभन्दा बाहिरबाट सीमान्तकृत समुदायको पहिचान र प्रतिनिधित्व आवश्यक छ ।

दलभित्र लोकतान्त्रिक अभ्यास मजबुत बनाउन नसक्नु पनि अहिलेको समस्या हो । आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन सकियो भने पनि चर्चामा आएको जस्तो विकृति अन्त्य गर्न सहजता हुने थियो । समावेशी लोकतन्त्र बलियो बनाउन, सबै वर्गको आवाज नीति निर्माणसम्म पु¥याउन, मत खेर जाने सम्भावनालाई कम गर्न र सबै वर्ग, क्षेत्र, लिंगको अपनत्व बनाउन समानुपातिक निर्वाचन प्रणाली सुधार गर्दै जोगाउनु आवश्यक छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

Next Post

म्याजिक भ्यान दुर्घटना हुँदा पन्ध्र जना घाइते

सम्बन्धित खबरहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied