सिन्धुली । कमलामाई नगरपालिकाको माईस्थानमा नयाँ वर्ष २०२६ को पिकनिक खान आएको जनकपुरको टोली सवार म्याजिक भ्यान दुर्घटनामा परेको छ । माईस्थानमा पिकनिक खाई फर्कने क्रममा कमलामाई नगरपालिका वडा नं. ८ माईस्थान नजिकै विपी राजमार्गमा भ्यान दुर्घटनामा परि पन्ध्र जना घाईते भएका छन् । माईस्थानबाट जनकपुरतर्फ जाँंदै गरेको म.प्र.०४–००१च०१५२ नम्बरको गाडी अनियन्त्रित भई नालीमा पल्टी दुर्घटना भएको हो ।
घाईते हुनेमा भ्यान चालक धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ७ का मनिराज शाह, भारतको विहारका २२ वर्षिय सन्तोष कुमार शर्मा, पर्साको बिरगन्ज महानगरपालिका २ पिपराका १८ वर्षिय रियाज अन्सारी, बाराको कलैया नगरपालिका वडा नं. १५ का ३२ वर्षिय रमेश कुमार सहनी, धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ७ जिरो माईलका २५ वर्षिय सुनित कुमर मण्डल, जनकपुर उ.म.न.पा. १३ का १० वर्षिय आषिस कुमार ठाकुर, सोहि ठाउँका ३८ वर्षिय राम दुलार ठाकुर, पर्सा बिरगन्ज महानगरपालिका वडा नं. ५ बस्ने २१ वर्षिय सिकन्दर बैठा घाईते भएका छन् ।
यस्तै बाराको कलैया नगरपालिका वडा नं. १ १८ वर्षिय राजन बैठा, धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ७ का २९ वर्षिय शोभा शर्मा, सोहि ठाउँका ४ वर्षिय आर्यन शर्मा, धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. १९ का २२ वर्षिय ओम महरा, विरगञ्ज महानगरपालिका वडा नं. ५ पर्साका १८ वर्षिय हरी ओम गुप्ता, जनकपुर उपमहानगरपालिका वडा नं. ७ पर्साका १४ वर्षिय श्रीया शर्मा, जनकपुर उपमहानगरपालिका वडा नं. ४ का ५६ वर्षिय कुशुम शर्मा घाईते भएका छन् ।
घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।






















