सिन्धुली । तीनपाटनको लंगुरखोलामा माछा मार्न जाँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बुधबार राती साढे ११ बजे माछा मार्ने क्रममा करेन्ट लागेर तिनपाटन गाउँपालिका १० का २० वर्षिय धन बहादुर मगरको मृत्यु भएको हो ।
चारजना माछा मार्न गएकोमा मगरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरलाई उपचारका लागि लंगुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुबेदीले जनाएका छन ।




















