सिन्धुली । चँदाहा खोलाले बगाएर तिनपाटनमा एकजनाको मृत्यु भएको छ । आईतबार साँझ साढे पाँचबजेतिर चँदाहा खोला तर्ने क्रममा खोलाले बगाएर तिनपाटन गाउँपालिका वडा नं. ४ बालाजोरका ३२ वर्षिय नेत्र बहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
तिनपाटन गाउँपालिका वडा नं. ५ बाट खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । करीब ४ सय मिटर तल लगि ढुंगाको चेपमा अड्की घोप्टो परि मृत्यु भएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए ।




















