सिन्धुली । दुधौली नगरपालिका २ स्थित गागन बजारमा आईतबार बेवारिसे शव फेला परेको छ । अन्दाजी ५५, ६० वर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
झट्ट हेर्दा भारतीय मूलको नागरिक जस्तो देखिने उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
शवलाई पोस्टमाटमका लागि सिन्धुली अस्पताल ल्याएको सुवेदीले जानकारी दिएका छन । शवको पहिचानका लागि आवश्यक पहल भइरहेको डिएसपी सुवेदीले जानकारी दिए । मृतक सोमबार मधुगंगा महादेव दर्शनका लागि आएका तिर्थयात्री हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।




















