सिन्धुली । शुक्रबार राती सुकेखोलाले बगाएका कनपा ९ पन्नेसीका ४६ वर्षका कृष्ण बहादुर बोगटीको शव शनिबार विहान भेटिएको छ ।
महोत्तरीको बर्दिबासबाट घर फर्कने क्रममा खोला तर्दा राती बोगटीलाई खोलाले बगाएको थियो ।
बोगटीको शव दोभानटारमा फेला परेको र परिवारले पहिचान गरिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















