सिन्धुली । कमलामाइ नगरपालिका वडा नं. ९ भिमानमा रहेको सुकेखोलाले बगाउँदा एक जना वेपत्ता भएका छन । कमलामाई नगरपालिका ९ बस्ने ४२ वर्षिय कृष्ण बोगटीलाई शुक्रबार राती सवा ८ बजेतिर खोलाले बगाएको हो ।
महोत्तरीको वर्दिवासमा काम गर्न गएको र घर फर्कदा खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको भनी स्थानीय र परिवारले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
वेपत्ता बोगटीको खोजी कार्य जारी रहेको छ । स्थानीय, घर परिवार र प्रहरीले बोगटीको खोजी गरिरहेको एसपी काफ्लेले बताए ।




















