सिन्धुली । लागु औषध ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानले भिमान चेकपोष्टबाट उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका वडा नं ७ का अमर बहादुर सिंजाली मगर र तिनपाटन गाउँपालिका वडा नं. १ बेलघारी घर भई तिनपाटन २ बस्ने सुदिप घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले वा११च७१५७ नम्बरको कारमा आउँदै गरेका उनीहरुलाई ४९ बोत्तल इक्जीप्लोन न्यु नामको लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार कार र लागु औषध समेत प्रहरीले नियन्त्रण लिएको छ ।




















