सिन्धुली । मलामी जाँदा खोलाले बगाएर दुधौलीमा एक जनाको मृत्यु भएको छ ।
सोमबार विहान छिमेकीको मलामी गएका दुधौली नगरपालिका वडा नं ९ जितपुरका ५१ वर्षिय सुरेश मलिकको मृत्यु भएको हो ।
उनलाई लखिमा खोलाले बगाएको खवर प्राप्त भएपछि खोजी गरिएको थियो ।
उनको शव ५ सय मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन ।
मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाएको समेत उनले जानकारी दिए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















