सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमानबाट खैरो हिरोईन सहित दुईजनालाई पक्राउ गरिएको छ । आइतबार उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।
सिरहाबाट खोटाङको हलेसी जाँदै गरेको प्रदेश २–०१–००२प९९३३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा लुकाई ल्याएको खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा सिरहा कर्जन्हा नगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षिय लालबाबु यादव र सोहि ठाउँका ४२ वर्षिय घन बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट १० दशमलब १०५ ग्राम खैरो हिरोईनको धुलो बरामद गरिएको छ भने उनीहरुले चलाएको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।
काफ्लेका अनुसार प्रहरीले सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद लिई घटनाको अनुसन्धान गरिरहेको छ ।




















