सिन्धुली । सुनकोशी नदीमा डुबेर सोमबार एकजनाको मृत्यु भएको छ । गोलञ्जोर गाउँपालिका वडा नं. ६ मेवाबोटे घर भई हैवारवेशीमा डेरा गरि बस्दै आएकी ३० वर्षिय चन्द्रकला हायुको नुहाउन जाँदा सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनको नुहाउने क्रममा ढुंगामा चिप्लिएर लडेर डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । उनको शव नदीको बीच भागमा भेटिएको उनले बताए ।
नेपाल प्रहरीको खुर्कोटबाट खटिएको टिम, सशस्त्र विपद व्यवस्थापन वेस खुर्कोटको टिमले उनको शव नदीबाट उद्धार गरि झिकेको उनले जानकारी दिएका छन ।




















