सिन्धुली । नेकपा एमालेका दुई पालिकाको अधिवेशन शुक्रबार सर्वसम्मत नेतृत्व चयन गरेर सम्पन्न भएको छ ।
तीनपाटन गाउँ कमिटीको चकमकेमा सम्पन्न दोश्रो अधिवेशनले वुद्धिमान तामाङको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा गोविन्द राउत, सचिवमा मायानाथ पहाडी, उपसचिवमा विष्णु बहादुर राना र राधा पोखरेल निर्वाचित भएका छन ।
तिनपाटन गाउँ कमिटीको अधिवेशन गाउँ कमिटीका संयोजक पदममाया तामाङको अध्यक्षता तथा नेकपा एमाले सिन्धुलीका इञ्चार्ज डा. खेम लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यसैबीच हरिहरपुरगढी गाउँकमिटीको अध्यक्षमा मान बहादुर वाईवा निर्विरोध निर्वाचित भएका छन । वाईवाको नेतृत्वमा ४६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
कमिटीको उपाध्यक्षमा सुवर्णजंग राई, सचिवमा सत्यमान मोक्तान, उपसचिवमा ठूलीमाया अस्तानी र शुशिल घिसिङ निर्वाचित भएका छन । हरिहरपुरगढीको अधिवेशन मान बहादुर वाईवाको अध्यक्षता तथा केन्द्रीय सदस्य कमलजंग राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।





















