सिन्धुली । नेकपा एमाले गोलञ्जोर गाउँ कमिटीको अध्यक्षमा पूर्ण थापा विजयी भएका छन । उनले निकटम प्रतिस्पर्धि रोमन बहादुर देवकोटालाई ७ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
गोलञ्जोरको खनियाँखर्कमा मंगलबार सम्पन्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पदाधिकारीमा निर्वाचन भएको थियो । अध्यक्षमा थापाले ६३ मत प्राप्त गरे । रोमन बहादुर देवकोटाले ५१ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रतिस्पर्धि टिका बहादुर देवकोटाले ४९ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा प्रसान्त लुंगेली विजयी भए । उनले ११४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि श्रीकृष्ण देवकोटाले ४३ मत प्राप्त गरे ।
यस्तै सचिवमा कुञ्जरमणी बराल विजयी भए । उनले ८१ मत प्राप्त गरे भने सचिवका अर्का प्रतिस्पर्धि डम्बर विक्रम बस्नेतले ५९ मत प्राप्त गरे ।
यस्तै उपसचिव खुल्लामा हिरा बहादुर राना मगर विजयी भए । उनले १०७ मत प्राप्त गरे । उपसचिवमा वृहस्पति थापा र केदार पहाडी प्रतिस्पर्धामा थिए ।
महिला उपसचिव सहित अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । महिला उपसचिवमा धनमाया पुलामी निर्विरोध निर्वाचित भएकी छिन । अधिवेशनले ५१ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ ।





















