सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुदुरपश्चिम र कोशी प्रदेशले तीनचार दिनभित्रै सरकार पाउने बताएका छन । उनले नयाँ समिकरण अनुसारको सरकारका लागि कोशीमा प्रयाप्त बहुमतका साथ दावी गरिसकेको र सुदुरपश्चिममा पनि नागरिक उन्मुक्ति पार्टी नयाँ समिकरणकै आधारमा सरकारमा जान तयार भई सकेकाले दुवै प्रदेशले केहि दिनमा नयाँ सरकार पाउने बताए ।
नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन उद्घाटनका लागि सिन्धुलीमाढी आएका महासचिव पोखरेलले प्रेस चौतारी नेपाल सिन्धुलीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन ।
उनले स्थिर सरकार बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको समिकरणबाट सकिने तर फरक नीतिगत पार्टी भएकाले समिकरण हुदा नीतिगत शुन्यता आउने बताए ।
पोखरेलले स्थिर सरकार बनाउन बहुमत प्राप्त हुनुपर्नेमा समेत जोड दिए । उनले एमालेले बहुमत सहितको स्थिर सरकारको आवश्यकता महसुुस गरेर मिसन ८४ अभियान चलाएको पनि बताए ।
उनले अहिलेको सरकारसँग समिकरण धार्मिक अतिवादका विरुद्धमा उभिनुपर्ने, नेपालको स्वाभिमान, स्वाधिनता र राष्ट्रिय हितलाई पुनः उजागर गर्नुपर्ने, विकास र संमृद्धिलाई सहि मार्गमा लानुपर्ने जिम्मेवारी रहेको बताए ।
पोखरेलले नयाँ सरकार समिकरणलाई असफल सरकारको विकल्प दिने प्रयास मात्र भएको बताए ।





















