सिन्धुली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेकपा एमालेको जनसंगठन अनेमसंघले दुई दिन तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । शनिबार तालिमको समापन गरिएको हो । नेकपा एमालेका नेता तथा कार्यकर्तालाई तनाव व्यवस्थापनका सिप दिने उद्देश्यले तालिम दिईएको हो ।
तालिममा तनाव कम गर्न र सकारात्मक सोंचको विकास गर्नका लागि अनेमसंघले तालिम दिएको जनाएको छ ।
अनेमसंघले पार्टीका नेताहरु, जनसंगठनका पदाधिकारीहरु, अनेमसंघका पदाधिकारीहरु लगाएतलाई तालिम दिएको छ । तालिममा सहभागिहरुले तालिम फलदायी रहेको बताए ।
सार्वजनिक र सामाजिक जीवन विताईरहेका व्यक्तिहरुलाई बढी तनाव हुने र महिलाहरुलाई झनै बढी बोझ र तनाव हुने भएकाले तनाव व्यवस्थापन गर्दै अगाडि बढ्न तालिमले सहयोग पुगेको सहभागिहरुले जनाएका छन ।
तालिममा मनोविद कञ्चन रावतले प्रशिक्षण दिएकी थिईन । तालिमको समापनका अवसरमा अनेमसंघले सञ्चालन गरेको देउसी भैलो कार्यक्रममा सहयोग गर्ने पार्टीका नेताहरु नेकपा एमाले जिल्ला कमिटी सदस्य गोकर्ण प्रसाद सुवेदी, कमलामाई नगर कमिटी सदस्य भाग्य प्रसाद काफ्ले, कनपा ६ का अध्यक्ष घनश्याम देवकोटालाई सम्मान गरेको छ ।
यस्तै देउसी भैलो कार्यक्रममा निरन्तर भट्याएर सहयोग गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष अभिलाषा कोइरालालाई सम्मान गरिएको छ ।
यस्तै बालकलाकारहरु कृतिक्षा काफ्ले, नेन्जेलिया गजुरेल, एञ्जिला श्रेष्ठ, सलिना विशंखे, झरना शाही, खुशी श्रेष्ठ र रसिला थापा लगाएतलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

























