सिन्धुली । दुधौली नगरपालिका १२ मनिवामा प्लगमा तार जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विहिबार विहान घरमै तार जोड्ने क्रममा करेन्ट लाग्दा ५२ वर्षिय वीर बहादुर तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले मृतकको जीउमा तार टाँसिएर करेन्ट लागी मृत्यु भएको अवस्थामा छोरी प्रर्मिला पाख्रिनले देखेपछि प्रहरीलाई खबर भएको बताए ।
घटनाको आवश्यक अनुसन्धान भईरहेको डिएसपी दाहालले जानकारी दिएका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















