सिन्धुली । चाडवाडमा हुन सक्ने दुर्घटनालाई लक्षित गरि थालिएको चालकको आँखा तथा रक्तचाँप जाँचले निरन्तरता पाएको छ । करीव एक महिनाको अवधिमा जिल्लामा एक हजार एक सय ३८ जना सवारी चालकको रक्तचाप र आँखा परिक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले नेपाल रेडक्रस सोसाईटी सिन्धुली आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच गरिएको हो । असोज २३ गतेबाट गरिएको स्वास्थ्य परिक्षण प्रत्येक हप्ताको मंगलबार र शुक्रबार गरिदै आएको थियो ।
विपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगर चेकपोष्ट र गोलन्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोेट चेक पोष्टमा उक्त कार्यक्रम लागु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए ।





















