सिन्धुली । चौथो सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवलको मंगलबार क्वाटर फाईनलका दुई खेल भएका छन । विहान दुधौली प्रहरी तालिम केन्द्र दुधौली र व्लुअल्पाईन युवा क्लब सिन्धुली बीच प्रतिस्पर्धा भएको थियो ।
उक्त खेलमा दुधौली प्रहरी तालिम केन्द्र विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभरमा दुधौली तालिम केन्द्रले २ गोल ग¥यो भने व्लु अल्पाईन युवा क्लबले ० गोलमै चित्त बुझायो ।
दिउँसो भएको क्वाटर फाईनलको खेलमा व्याङखाडी युवा क्लब महोत्तरी र न्यु नवक्षितिज युवा क्लब बसन्तपुर सिन्धुलीबीच प्रतिस्पर्धा भयो । खेलमा व्याङखाडी युवा क्लबले न्यु नव क्षितिजलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
यस्तै मंगलबारका दुई खेलमा दुधौली तालिम केन्द्रका प्रताप चौधरी र व्याङखाडी युवा क्लबका अभि लामा म्यान अफ द म्याच भएका छन ।
सेमिफाईलनका लागि भोली दुई खेल हुने छन । दिपशिखा युवा क्लब काठमान्डौ र न्यु कमलामाई युवा मञ्चबीच पहिलो खेल हुने छ भने दोस्रो खेल न्यु डायमण्ड युवा क्लब लोहटा धनुषा र इनारपानी युवा क्लब ‘वि’ बीच हुने इनारपानी युवा क्लबका अध्यक्ष जीवन चौहानले बताए ।
इनारपानी युवा क्लब इनारपानी सिन्धुलीको आयोजनामा बुधबारदेखि कनपा ९ भिमानमा जारी छ । शनिबार खेल सम्पन्न हुने छ ।