• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कडा चट्टानका कारण सुनकोशी मरिण डाइभर्सनको सुरुङ निर्माणको काम अवरुद्ध

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ३०, २०८०
in Featured, News, Province 3
0

Share via:

25 Shares
  • Facebook 25
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तीन दिन देखि अवरुद्ध भएको छ । सुरुङ खन्ने क्रममा कडा र जोडिएको चट्टान फेला परेपछि सुरुङ खन्ने काम अवरुद्ध भएको हो ।

यो सँगै मरिण डाईभर्सनको सुरुङ खन्ने काममा तेस्रो पटक बाधा आएको छ । सुरुङ खन्ने काम ९ किलोमिटर १८६ मिटर सकिएपछि काम रोकिएको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर अशोकराज गौतमले सुरुङ खन्ने काममा अवरोध आएको यो तेस्रो पटक भएको बताए ।

आयोजनाको रोकिएको सुरुङ खन्ने काम डाईभर्सन निर्माण गरि तत्काल सुरु गरिने गौतमले बताएका छन । उनका अनुसार काम सुचारु हुनका लागि २, ३ दिन समय लाग्ने छ ।

पहिलो पटक ९ दिन, दोस्रो पटक २३ दिन काम अवरोध भएको थियो । दोस्रो पटक अलिक ठूलो समस्या आएको तर अहिलेको समस्या सामान्य रहेको उनले बताएका छन ।

२०७९ असोज २८ गतेदेखि सुरुङ खन्न सुरु भएको आयोजनाको एक वर्षमा ६९ प्रतिशत लक्ष्य प्राप्त गरिएको गौतमले जानकारी दिएका छन । गत वर्ष असोज २८ गतेबाट कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट सुरुङ खन्ने काम सुरु भएको थियो । अबको दश महिनामा सुरुङ खन्ने काम सक्ने लक्ष्य आयोजनाको छ । अहिले सुरुङ खन्ने काम महाभारतमुनी पुगेको र चट्टान क्षेत्र रहेको आयोजनाले जनाएको छ ।

टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेकाले अब धेरै ठूलो समस्या नआउने अनुमान गरिएको गौतमले बताए ।
सुनकोशी नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेश प्रदेसका पाँच जिल्लामा सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यो आयोजनाको सुरुङ निर्माणको काम २२ महिनामा सक्ने लक्ष्य लिएको छ । अब ३१ प्रतिशत सुरुङ खन्न बाँकी छ । १३.३ किलोमिटर सुरुङको लम्बाई रहने आयोजनाले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बाँध निर्माणको काम सुरु
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम सुरु भईसकेको छ । रामेछाप तर्फबाट बाँध निर्माणको काम सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले बाँध निर्माणका लागि कोर ड्रिलिङको काम भईरहेको छ । प्रयोगशालाको निर्माण, प्रयोगशालाको गुणस्तर चेकजाँचको काम गरि सकिएको छ । बाँध निर्माणका लागि क्रसर प्लान्टको पनि निर्माण गरिएको छ । आयोजनाको बाँध निर्माणको काम रामेछापतर्फबाट सुरु भएको आयोजनाले जनाएको छ ।

हेड वर्कसको काम जनवरीमा सम्झौता भएको थियो भने निर्माणको काम एक महिना अघिदेखि सुरु भएको छ । मजदुरहरुका लागि बस्ने क्याम्प निर्माणको काम सकिएको छ । यता कुसुमटारमा विद्युत उत्पादनका लागि विद्युत गृह (पावर हाउस) निर्माणको काम पनि सुरु भएको छ । सुनकोसी र तामाकोसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि र टिविएम मेसिन निकासाको लागि स्थान निर्माण गरिएको छ । चार महिनासम्ममा उक्त ठाउँमा मेसिन निस्कने ठाउँ बनिसक्ने आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) काम गरिरहेको छ । महाभारत क्षेत्र प्रवेश गरेपछि दैनिक सरदर १० देखि १५ मिटरसम्म टनेल बोरिङ मेसिनले खनिरहेको थियो । सुनकोसीमा बाँध निर्माणका लागि पटेल–रमण जेभीले १२ अर्बमा ठेक्का लिएर काम सुरु गरेको हो ।

गौतमका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिनेछ र ३१.०७ मेगावाट विद्युत उत्पादन गरिने छ ।
आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लालीगुराँस सहकारीले आफ्नै ब्रान्ड र मोवाईल एप्स बनाउने

Next Post

सिन्धुलीमा ६८ औं प्रहरी दिवस मनाईयो

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied