• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

उपभोक्ता हितमा छैनन सिन्धुलीका बजार

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २४, २०८०
in Business, Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका बजार क्षेत्रका खाद्य सामग्रीहरुमा कालोबजारी बढ्दै गईरहेको छ । मुल्यका हिसाबले हुने कालोबजारी मात्र हैन उपभोक्ताका हितमा व्यवसायीले खाद्य सामग्रीहरु बेचविखन नगर्ने गरेको समेत खुलासा हुदै गएको छ । केहि दिन देखि जिल्ला स्तरीय अनुगमन समितिले चाडवाडलाई लक्षित गर्दै गरेका अनुगमनले व्यवसायीहरुले उपभोक्ताको हितमा केन्द्रीत रहेर व्यवसाय सञ्चालन नगरेको देखाएको हो ।

विशेष गरि चामल, चिनी लगाएतका सामग्री तथा रेडिमेट खाद्य सामग्रीहरु फरक फरकमा दररेटमा विक्री वितरण गर्ने, म्याद सकिएका सामग्री विक्री गर्ने, बिना लेवलका सामग्री विक्री गर्ने, अर्कैको लेवलमा कमसल खाद्य सामग्री प्याकिङ गर्ने लगाएतका काम गर्ने गरेको तथ्य बाहिर आएको छ । यस्तै व्यवसाय दर्ता नगर्ने, कर नतिर्ने लगाएतका समस्या पनि अनुगमनका बेलामा भेटिएका छन ।

सिन्धुलीका विभिन्न बजार क्षेत्रमा गरिएका अनुगमनले जिल्लामा अखाद्य सामग्रीहरु बढी विक्री भएको पाइएको हो । विल विना सामग्री किनवेच गर्ने, म्याद नभएका सामग्री बिक्री वितरण गर्नेदेखि विना दर्ता र इजाजत विना व्यवसाय सञ्चालन गर्ने लगाएतका काम गरेको पाईएको घरेलु तथा साना उद्योग विकास कार्यालय सिन्धुलीका प्रमुख प्रवीण श्रेष्ठले बताए ।

उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको अढाई महिनामा जिल्लाभरका १२७ व्यवसायीक पसलहरुको संयुक्त अनुगमन गरिएको छ । विशेष गरि मेडिकल, किराना पसल, होटल र केहि साना उद्योगहरुमा अनुगमन गरिएको छ । समितिले कमलामाई नगरपालिकामा तीन पटक र मरिण गाउँपालिकामा २ पटक, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा एक एक पटक अनुगमन गरेको छ ।

अनुगमन गरिएका पसलहरुमा प्रायः मुल्य सूचि नभेटिएको श्रेष्ठले जानकारी दिएका छन । मुल्यमा एकरुपता नहुनु, कालोबजारी हुनु, उपभोक्तामा मुल्यसूचि म्याद तथा मिश्रणका बारेमा ज्ञान नहुनु, खरिद विक्रीमा विल विजक नहुनु लगाएतका समस्या बजारमा अत्यधिक देखिएका छन । श्रेष्ठका अनुसार जिल्लाका व्यवसायीले व्यवसाय दर्ता, कर नतिर्ने गरेको र इजाजत विनाका व्यवसाय सञ्चालन गर्ने गरेको समेत अत्यधिक पाईएको छ ।

चालु आर्थिक वर्षमा नियम विपरित सञ्चालनमा रहेका र कालोबजारी गर्न खोज्ने व्यवसायीहरुलाई कारवाहि स्वरुप ३ लाख २५ हजार जरिवाना गरिएको छ । चालु वर्षमा ८ जना व्यवसायीलाई कारवाहि स्वरुप जरिवाना गरिएको छ । कमलामाई नगरपालिकामा २, दुधौली नगरपालिकामा २ जना र मरिण गाउँपालिकामा २ जना व्यवसायीलाई कारवाहि गरिएको छ । १५ हजारदेखि २ लाख पचास हजारसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ । यो वर्ष अनुगमन समितिले १ लाख २३ हजार १९४ रुपैंया बराबरको म्याद गुज्रेका खान अयोग्य सामग्री बरामद गरि नष्ट गरिसकेको छ ।

गत आर्थिक वर्षमा समितिले १७ पटक अनुगमन गरेको थियो । १७४ वटा व्यवसायको अनुगमन गर्दा १ लाख ३५ हजार रुपैंया जरिवाना गरिएको थियो । ८ जना व्यवसायी कारवाहिमा परेका थिए । अनुगमन समितिले स्थानीय तहको अनुगमन समितिले आवश्यक ठानेमा मात्र अनुगमन गर्ने गरेको भए पनि व्यवसायमा समस्याहरु देखिएकाले अकस्मात गरिने अनुगमनलाई समेत प्राथमिकतामा राखेको छ ।
चाडवाड लक्षित अनुगमनका क्रममा पाँच वटा पालिकाको अनुगमन सकि सकेको समितिले बाँकी पालिकामा समेत अनुगमन गर्ने जनाएको छ । उपभोक्ताको सचेतिकरण नभएसम्म बजारमा अखाद्य वस्तुको विक्री र कालोबजारी भई रहने समितिले जनाएको छ ।
जिल्लामा मुल्य निर्धारण र व्यवस्थापनमा धेरै गुनासो आएको श्रेष्ठले जानकारी दिएका छन । उनले उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघले मुल्यमा एकरुपता ल्याउन सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राईका अनुसार मिसावट, म्याद सकिएका र खान अयोग्य खाद्य पदार्थ जिल्लामा विक्री वितरण भईरहेको पाईएको छ । कार्यालयले गत आर्थिक वर्ष २०७९÷८९ मा खाद्य ऐन अनुसार नमुना संकलन गरेका १०१ मुद्दामा ९८ नमुनाको प्रतिवेदन प्राप्त गरेको थियो । जसमा ४ वटा नमुना संकलनको प्रतिवेदन प्रतिकुल आएको थियो ।

सूर्यमुखी तेल, मिक्स भेजिटेवल सस, खुर्सानीको धुलो र बेसनमा प्रतिकुल प्रतिवेदन प्राप्त भएको कार्यालय प्रमुख राईले बताए । उनका अनुसार गत आर्थिक वर्षमा खाद्य स्वच्छता तथा गुणस्तर के कस्तो छ भनि जानकारी लिनका लागि गरिएको आकस्मिक नमुना संकलनमा भने रिपोर्ट प्रतिकुल नदेखिएको उनले जानकारी दिए । यस्तो नमुना ३२ वटा संकलन गरिएको थियो ।

प्रतिकुल रिपोर्ट आएका नमुनामा कार्यालयलाई कानुनी कारवाहि तथा मुद्दा चलाउने अधिकार रहन्छ । यस्तै अनुगमन गरि सचेत गराएकाहरु समेत व्यवहारमा सुधार नगर्ने गरेको राईले बताए । उनका अनुसार सिन्धुलीमा कालोबजारी बढीरहेको छ ।

यसैबीच कार्यालयले २ वटा उद्योगलाई मुद्दा दायर गरेको छ । ४ वटा मुद्दाको फाईल अनुसन्धानका लागि बाहिर पठाईएको जनाएको छ । (साझा नेपाल साप्ताहिकमा प्रकाशित)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्राविधिक शिक्षामा शुन्य हुदै विद्यार्थी

Next Post

कविता : हे मनुवा अब त सुध्र

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied